Friday, June 18, 2021
Home भर्खरै ‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

सुभाष साह,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले राजधानीसँग भने, ‘तर, हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

आफ्ना माग केही पूरा भएको र केही बाँकी रहेको भन्दै ठाकुर–महतो समूह गत २७ वैशाखमा विश्वासको मतका बेला तटस्थ बसेको थियो । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विरोधमा मतदान गरेका थिए ।

भट्टराई–यादव समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग मिलेर सरकार गठन गर्ने गृहकार्य गरेका थिए । तर, ठाकुर र महतोकै कारण उनीहरूको योजना असफल भई ओली नै प्रधानमन्त्री हुन सफल भएका छन् ।

संसदीय दलमा महतो
जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले दलको नेतामा महतो चयन भएको बताए । बहुमत सांसद बैठकले उनलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

जसपामा ३६ सांसद छन् । २० सांसदको बैठकले महतोलाई नेता चयन गर्ने निर्णय गरेको बताइएको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव समूहले अहिलेसम्म दलको नेता चयन नभएको जनाएको छ । सो समूहको सांसद बैठकमा सहभागी भएनन् ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले संसदीय दलको बैठक भएको र नेता चयन भएको झुठो रहेको प्रतिक्रिया दिए । ‘बैठक बसेकै छैन, हामीलाई केही थाहा नै छैन, संसदीय दलको नेता कसरी चयन भयो ?’ उपेन्द्रनिकटका सांसद रामसहायले भने, ‘यो सबै फर्जी काम हो । गलत प्रचार भइरहेको छ ।’

जसपाभित्र दुई समूह छन् । एक समूहको नेतृत्व ठाकुर–महतो अर्को समूहको नेतृत्व भट्टराई–यादवले गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग नजिक छन् ।

भट्टराई र यादव प्रधानमन्त्री ओलीको विरोधमा र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर वैकल्पिक सरकार निर्माण अभियानमा सहभागी छन् ।

(Visited 290 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

ट्रेन्डिङ

मार्सेलो रियलमै खुसी

मड्रिड । ब्राजिली स्टार लेफ्ट ब्याक मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने कुनै योजना नरहेको बताएका छन् । भेट्रान मार्सेलो पछिल्लो समय आफ्नो पूर्वसहकर्मी...

गुल्मीको क्वारेन्टाइनमा ओढ्ने, ओच्छ्याउने आफैं ल्याउनुपर्ने

गुल्मी । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला...

गुणस्तरहिन स्यानिटाइजर बनाएको आरोपमा २३ वर्षिय युवक पक्राउ

काठमाडौँ । अबैध रुपमा गुणस्तरहिन स्यानिटाइजर बनाएर विक्री गर्ने २३ वर्षीय युवक दुर्गा भट्टराई पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले सोमबार दिउँसो छापा...

प्रारम्भिक चरणबाट १४ खेलाडी बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्येबाट पहिलो चरणको छनोटपछि १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

  टोकियो । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप...

मकवानपुरमा सेनाले बनायो, ५० शैयाको क्वारेन्टाइन

हेटौंडा । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसलाई मध्येनजर गर्दै भीमफेदी गाउँपालिका–१ सामरी पुल नजिकै क्वारेन्टाइन निर्माण गरेको छ...

बालिका बलात्कारको अभियोगमा दाङमा ३ जना पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार...

उद्यमी बसुमाया तामाङलाई मातृ शोक

काठमाडौँ । उद्यमी तथा समाजसेवी बसुमाया तामाङकी आमा बीमाया तामाङको निधन भएको छ । उनकी आमाको हृदयघातकारण उपचारका क्रममा न्यूरो अस्पतालमा निधन भएको हो...

सरकार, जनमत र अभिभावकत्व

महात्मा गान्धीले भनेका थिए, ‘हामीले आफ्नो बारेमा आलोचना सुन्नुपर्दछ प्रशंसा होइन ।’ आलोचनाको तात्पर्य हो, अहिलेसम्म गर्दै आएको कार्य आफ्ना लागि उचित भए पनि...

खोइ सरकार ? भन्ने स्थिति नआओस्

राजनीति देश र जनताका लागि गरिन्छ । जब आमजनता नै मृत्युको मुखमा पर्ने सम्भावना रहँदै जान्छ र शासकहरू त्यस्तो सम्भावना रोक्न असफल हुन्छन् भने...

घाटमा बाको चिता जल्दै गर्दा छोरा छोरीको रिपोर्ट पोजेटिभ आएपछि…

लमजुङ । लमजुङमा कोभिड– १९ संक्रमण पुष्टि भएका कारण एक्लो छोरा भएर पनि एक युवाले आफ्ना स्वर्गीय बाबुको काजक्रिया गर्न पाएनन् । उनका बुबाको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)