काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि आवश्यक तयारी समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको नेता जितजंग बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार महाधिवेशन सञ्चालनका लागि व्यवस्थापन, स्वयंसेवक परिचालन र मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटा समिति आवश्यक पर्ने भएकाले ती सबै समिति गठन गर्ने जिम्मेवारी कोइरालालाई दिइएको हो ।
बिहीबारसम्म समितिका संयोजक तोक्ने र त्यसपछि सम्बन्धित संयोजकले सदस्य चयन गरी महाधिवेशनको तयारी अघि बढाउने उनले बताएका छन् । बस्नेतले आफ्नो समूह नै आधिकारिक काँग्रेस भएको दाबी गर्दै आफूहरूमाथि अनुशासनको कारबाही गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
बैठकपछि नेता कुन्दनराज काफ्लेले पनि रुख चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेको आफूलाई काँग्रेस होइन भनेर कारबाही गर्न नसकिने जिकिर गरेका छन् । पार्टीभित्र दुईवटा महाधिवेशन भइरहेको सन्दर्भ उल्लेख गर्दै काफ्लेले विशेष महाधिवेशन गर्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।
देउवा समूहले नियमित १५औँ महाधिवेशन भन्दै आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने
काठमाडौंमा जुट्दै वडादेखि केन्द्रसम्मका एमाले नेतृत्व
भारत भ्रमणअघि प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
जेनजीले नै बचाएँ : शेरबहादुर देउवा






