संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दे मजदुरले आयोजना स्थलका निमार्ण सामग्रीमा तोडफोड गरका हुन् ।
गत बुधबार बिहान साँढे ८ बजे सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कन्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको थियो । भने सोही स्थानका ५० बर्षीय मिठु राना घाईते भए ।
अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सुचारु गर्न सतलज कम्पनी र सरोकारवाला निकाय संग छलफल भइरहेको र चाडै आयोजनाको काम सुचारु गर्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए । विद्युत् गृहस्थल निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदारहरु दिनभर आन्दोलित भएका थिए । शव व्यवस्थापनको लागि चन्दा संकलन गर्ने भनेपछि कामदारहरुले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरु आक्रोसीत भएपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि ५० लाख रुपैयाँ बिमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाई राम स्वरुप रानाले जानकारी दिए । उनले भने वीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ ग¥यो । अन्यत्यमा आयोजनाले ३० लाख रुपैयाँ दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतका भाईले बताए ।
चिचिला गाउँपालिकामा निमार्णाधीन अरुण–३ जलविद्युत आयोजनाको विद्युत गृहस्थलमा गत बुधबार विहान कामदारको मृत्यू पछि विद्युत गृहस्थलमा काम सुरु हुन सकेको छैन । मृतक परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदुरले काम अवरुद्ध गरी स्थानीय कार्यालय,सवारी साधन र निमार्ण सामग्रीमा तोडफोड गरेका थिए । काम गर्ने सहज वातावरण नभएको भन्दै, सहज परिस्थीति नभएसम्म काम सुरु गर्न नक्ने सतलज जलविद्युत निगम (एसजेभिएन) सिइओ अरुण धिमानले बताए ।
नेपाल सरकारले सुरक्षाको प्रत्यभुति गराए मात्र आयोजनाको काम सुरु गर्न सक्ने सिइओ धिमानले जानकारी दिए । जुन सुकै घटनामा क्षतिपूर्तिका नामा ठुलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उनले बताए । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतिय र नेपाली सहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् ।
कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्य्त गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ ।






