Friday, June 18, 2021
Home प्रदेश दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दीपशंकर चौलागाई,

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र बोलाएर आज जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

तीन/तीन पटक नेपाल सरकारका मन्त्रि बनेका पार्वत गुरुङलाई बधाई तथा शुभकामना दिँदा ‘जनता बचाउन जिल्लामा अक्सिजन ग्याँसको प्लान्ट तत्काल राख अनि मात्र दोलखालीले मन्त्री भएकोमा गर्व गर्नेछन्’ भनेर समाजिक सञ्जालमा टिप्पणी गरेपछि जनप्रतिनिधिहरुले बाध्य भएर निर्णय गरेका हुन् ।

डिसिसिएमसीकोे बैठकले जिल्लामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन सक्ने भन्दै सो अभावलाई पूर्ति गर्नकालागि दोलखामै ग्यास प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

स्थानीय सरकारका प्रमुखसहित सहभागि बैठकले चरिकोट अस्पताल अक्सिजन ग्याँस स्थापना गर्ने र त्यसका लागि जिल्लाका ९ वटै स्थानीय सरकारवाट १२ लाखका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

अक्सिजन ग्याँस प्लान्ट स्थापनाका लागि प्रत्येक स्थानीय सरकारले चरिकोट अस्पतालमा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा यथासक्य चाँडो १२ लाखका दरले रकम जम्मा गर्ने निर्णय पनि भएको छ ।

बैठकले कालिन्चोक गाउँपालिकामा रहेको सिंगटी अस्पताललाई कोभिड अस्पतालकोरुपमा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । हाल ३ जना डाक्टर सहितको स्वास्थ्यकर्मी रहेको सिंगटी अस्पताललाई कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकाका कोरोना संक्रमितलाई उपचार गर्ने उद्देस्यले कोडिभ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रमा पनि कोरोना संक्रमतिको संख्या वृद्धि भईरहेको छ भने बिगु गाउँपालिमा तीन जनाको कोरोनाकै कारण मृत्यु भईसकेको छ । जिल्लाका ७४ वटै वडामा क्वारेन्टाईन स्थापना गर्ने निर्णय पनि गरेको छ ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

तर, वर्तमान उही छ

कविता आज बाँचियो भन्ने खुसीले हरेक साँझ बितेको छ, भोलि शान्ति आउने आशले हरेक रात बितेको छ, नवीन बिहानीको खोजीमा हरेक बिहान बितेको छ तर, तर, वर्तमान उही छ । मान्छेको जमघटदेखि...

ट्रेन्डिङ

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

पुर्नगठित जनता समाजवादी पार्टीमा असन्तुष्टि चुलिदै

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराए लगत्तै सो पार्टी भित्र एक पछि अर्को असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ । पार्टी...

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा...

तहगत सरकारको विधायिकी अन्तरसम्बन्ध

विधायकको अथवा व्यवस्थापिकाको मुख्य काम कानुन बनाउनु हो । संघीय कानुन राष्ट्रियस्तरमा निर्माण हुन्छ र यो कानुन देशभर लागू हुन्छ । प्रदेश र स्थानीय...

पेट्रोलियम अन्वेषण :  साईस्मिक सर्भे सकेर चिनियाँ टोली फर्कियो

दैलेख । गएको कार्तिक महिनादेखी पेट्रोलियम पर्दाथको अन्वेषण गर्ने दैलेख आएको टोली पहिलो चरणको साईस्मिक सर्भे गरेर विहिवार फर्किएको छ । चीनको प्राविधिक टोली...

अमिताभले पाँच सय मजदुरलाई जहाजमा घर पठाए

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले मुम्बईमा अलपत्र परेका ५ सय जना मजदुरलाई उद्धार गरेर घर पठाएका छन् । उनले उत्तर प्रदेशको बनारस आसपासका...

चर्चामा ‘जमाना मभिं स्व’

काठमाडौं । मनमा माया भएनि जमानाको नजरमा पर्ला भन्ने चिन्ता भएकी युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउन सफल युवकको कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो...

वैकल्पिक बस्तीको व्यवस्था गर

देशभर बाढी, पहिरो र डुबानको समस्या एकसाथ आइपरेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती पहिरोले पुरिँदा भएको १३ जनाको मृत्यु र २५ जना बेपत्ताको...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

कम्युनिस्ट पार्टी कमाउ धन्दामा किन ?

निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा गएको फागुन ७ गते एकाएक भाइरल बने । जसको कारण चौबीस घन्टा नबित्दै फागुन ८ गते नै मन्त्री...

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन आदेश

काठमाडौं । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश...

पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

इलाम । नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)