Friday, June 18, 2021
Home बिचार प्रशासनमा नयाँ संस्कृति

प्रशासनमा नयाँ संस्कृति

गोपीनाथ मैनाली,

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ । यो नै अहिलेको माग हो । सुशासन प्रत्याभूति सरकार, संरचना र यसका पदाधिकारीको कर्तव्य हो । सुशासनका लागि संरचनाभन्दा संस्कृति प्रधान हुन्छ, त्यसमा पनि प्रशासनिक संस्कृति झनै प्रधान हुन्छ । यदि त्यसो नहुँदो हो त धेरै संरचनाको विस्तारले जनताको अनुभूतिमा सेवा पुगिसकेको हुनेथियो ।

प्रशासनिक संस्कृतिमा प्रमुख तीन पात्र छन् । यी तीन पात्रको अन्तत्र्रिmया (माग, नेतृत्व र कार्य)बाट प्रशासनिक संस्कृतिको निर्माण हुन्छ । यी तीन पक्ष अनुभूत तहको नागरिक सेवा व्यवस्थापनमा माग गर्ने, मार्गदर्शन गर्ने र कार्य गर्ने भूमिकामा रहन्छन् । मागमा साथ र सहयोग, नेतृत्वको स्पष्टता र कार्यसमर्पण हुँदा प्रशासनिक संस्कृतिले सुशासन दिन्छ । त्यसो हुन नसक्दा सुशासन संस्थागत हुने मार्ग अलमलिन्छ । तीन पक्ष एकअर्कालाई उपेक्षा र आरोप मात्र गर्छन् भने असल प्रशासनिक संस्कृति बन्दैन, जुन अल्पविकसित मुलुको प्रवृत्ति हो । विचार, समूह, सम्प्रदाय, वर्ग र आस्थामा विश्वास बाँडिदा पनि व्यावसायिक कार्यसंस्कृति विकास हुँदैन यो पनि लोकतान्त्रिक आचरण बसिनसकेका मुलुकहरूको चरित्र हो । असल संस्कृतिका लागि पात्रबीच साझा विश्वास, साझा सोचाइ तथा साझा व्यवहार चाहिन्छ ।

परम्परागत रूपमा प्रशासनिक संस्कृति परिवर्तनका मुख्य दुई आधार थिए, पहिलो तालिम र शिक्षा, दोस्रो सूचना आदान र पृष्ठपोषण

प्रशासन व्यावसायिक सदाचारितामा रहेर नै सुशासन प्रत्याभूतिमा आफ्नो महत्व सिद्ध गर्छ । व्यावसायिक सदाचार ठूलो कुरा नभई प्रशासनका स्थापित मूल्य सिद्धान्तका आधारमा सेवाग्राहीप्रति ग्रहणशील, निष्पक्ष, जवाफदेही र पारदर्शी हुनु हो । स्रोत र शक्तिप्रति बफादारिता कायम गर्नु हो । अहिले यस अनुकूल सेवा नपाएकोमा सर्वसाधारण दुःखी छन् । सर्वसाधारण नयाँ प्रशासनिक सोच, मान्यता, प्रवृत्ति र कार्यव्यवहार परिवर्तनको माग गरिरहेका छन् । मौजुदा प्रशासनिक परिपाटीबाट चित्त बुझाइ रहेका छैनन् ।

हिजो ‘प्रशासन’ गरे हुन्थ्यो, अहिले ‘व्यवस्थापन’ गर्नुपर्ने भएको छ । व्यवस्थापनले विधिभन्दा नतिजा खोज्छ । हिजो अह्राए पुग्थ्यो, नगरी नतिजा नपाइने भएकाले अब गरेर नतिजा दिने सामथ्र्य र कार्य तत्परताको माग छ । हिजो कार्यविधिमा इमानदारिता भएपुग्थ्यो, अब त्यतिले नपुग्ने भएको छ र इमानदरिताका साथ कार्य व्यावसायिकता चाहिएको छ । प्रशासनिक संरचनाभित्र रहेका वर्गीय/जातीय प्रभाव समावेशिताले विस्थापित गरी त्यहाँ सामाजिक बिम्ब देखिनुपर्ने भएको छ । जहाँ समावेशित स्वरूपमा होइन, भावना, काम र व्यवहारमा देखिनुपर्ने भएको छ । कार्यसम्पादनको एकल सीप बहुसीपबाट विस्थापन गर्नुपर्ने भएको छ । जवाफदेहिता मापनका परम्परागत विधि/प्रविधि अपार्यप्त भई नयाँ आविष्कार भएका छन् । कतिपय सन्दर्भमा नागरिक नै आफ्ना लागि गरिएका कामको मूल्यांकनमा सक्रिय हुन थालेका छन् । सेवा वितरणका क्यू र काउन्टर बदलिएका छन् । यी सबै विषयलाई व्यवस्थापन गर्ने प्रधान पक्ष प्रशासन हो । त्यसैले प्रशासन भन्न होइन, गर्न चाहिएको छ । सेवाग्राही सर्वसाधारणको स्वाद, राजनीतिज्ञको सोच र आन्तरिक/बाह्य सरकोकारवालाको परिवर्तनप्रीयताले २१औं शताब्दीको प्रशासनिक संस्कृति मागेको छ ।

तर नेपालको प्रशासनिक संस्कृतिमा वेवरियान ढाँचाका कर्मचारीतन्त्रीय चरित्र देखिन्छ । संरचना सोपानमा पदको सोपान ज्ञानको पनि सोपान भन्ने भावना गढेको छ । यसले हरेक कुरालाई पदेन हेर्ने व्यवहार आमन्त्रण गर्छ । कर्मचारी र जनताबीच सेवाग्रही र सेवाप्रदाताको सम्बन्ध छैन । पद र हैसियतलाई वैचारिक फाइदामा उपयोग गर्ने बानी छ । संगठन संगठनबीचको सम्बन्ध संस्थागत नभई व्यक्तिको सम्बन्धका आधारमा चल्न थालेको छ । वैयक्तिक चाखको लागत संस्थाले बेहोर्नुपरिरहेको छ । निरन्तर सिकाइलाई संस्थागत गर्न सकिएको छैन । प्रणाली सिकाएको सीप र आर्जित अनुभव संस्थाको होइन, व्यक्तिको कमाइ भएको छ ।

अतिवृत्तिवादी प्रवृत्तिले विज्ञता र वृत्तिलाई अलग्याउँदै छ । सदाचारिता व्यक्तिगत र व्यावसायिक दुवै तहमा हराउँदै छ । प्रणालीलाई नेतृत्व गर्ने राजनीतिले आस्था र अनुचरवादलाई प्रश्रय दिँदा विज्ञता चाहिन्छ भन्ने सोच हराउँदै गएको छ । सेवाग्राही कि निष्क्रिय छन् वा अति सक्रिय वा आग्रही । विज्ञहरू विकासोन्मुख मुलुकको प्रशासनिक संस्कृति निर्माणमा दुई सिद्धान्तको हावी भएको देख्छन् । फ्रेड रिग्सको प्रिज्म्याटिक समाजको सिद्धान्त र निस्कानेनको आर्थिक ढाँचा । पहिलोले सामाजिक विकासको संक्रमण अवस्थामा प्रशासन विविधता, औपचारिकता र दोहोरोपनमा रगमगिएको हुन्छ भन्ने मान्यता राख्छ भने दोस्रोले कर्मचारी र राजनीतिज्ञहरू आफ्नो फाइदा अधिकीकरण गर्न उद्यत रहन्छन् । नेपालको प्रशासनिक संस्कृति अपवादमा छैन ।

यसर्थ प्रशासनिक संस्कृतिलाई निरपेक्ष रूपमा लिनुहुँदैन । यो राष्ट्रिय संस्कृतिको अभिन्न भाग हो । समाजका मूल्य, रीतिथिति, विकासको स्तर, राजनीतिक संस्कृति, सञ्चारको व्यावसायिक सक्रियता र विश्व परिवेशसँगको आबद्धताजस्ता पक्षले प्रशासनिक संस्कृतिलाई प्रभाव पारिरहेको हुन्छ । त्यो प्रभाव प्रशासनभित्रको शक्ति सम्बन्ध, स्रोत अभ्यास, भूमिका निर्वाह, कार्यविधि अवलम्बन र वैयक्तिक स्वभावमा देखिइरहेको हुन्छ । संगठनको संरचना र स्वभावमा देखिरहेको हुन्छ । कर्मचारी, राजनीतिज्ञ र सर्वसाधारण यही संरचना र स्वभावमा खेल्दै यसलाई नै परिवर्तन गरिरहेका हुन्छन् । यो प्रक्रिया निरन्तर चलिरहेको हुन्छ ।

९० को दशकबाट प्रशासनिक संस्कृतिलाई बदल्ने हस्तक्षेपकारी प्रयास हँुदै आएका छन् । सबैजसो प्रयास कर्मचारी तन्त्रीय संस्कृतिलाई बदलेर उपलब्धि संस्कृतिमा पु-याउनेतर्फ लक्षित छन् । अलगोरको राष्ट्रिय उपलव्धि समीक्षामा प्रशासनलाई ‘रेड टेप’बाट उपलब्धिमा पु¥याउन निर्णय शक्तिको विकेन्द्रीकरण, नतिजप्रति प्रत्यक्ष जवाफदेहिता, कर्मचारी सशक्तीकरण, कार्यावस्थामा सुधार (तलब, सुविधा, स्थानान्तरण, स्वायत्तता), व्यवस्थापन साझेदारी र नेतत्व कुशलताकेन्द्रित रणनीति अपनाउन जोड दिएका थिए । प्लास्त्रिक र ओव्सर्नले कर्मचारीको वंशाणु (डीएनए) परिवर्तन आवश्यक मानी त्यसका लागि व्यवहार परिवर्तन, विश्वासिलो बन्ने र मनमा रहने आन्तरिक भावना विकास गर्न आवश्यक माने । व्यवस्थापनविज्ञ आन्ड्रे डे वाल प्रणाली सुधारको मुख्य कारक व्यवहार बदल्नु हो भनी त्यसका राणनीति उल्लेख गर्छन् । तर, सुझाव कार्यान्वयन गर्न खास रणनीति के हुन् ? ठ्याक्कै सूत्र भेटिदैन । प्रशासनिक संस्कृति जनताका विश्वासका सापेक्षमा मूल्यांकन गरिने विषय हो । त्यसैले व्यक्ति र समूहलाई कार्यमुखी बनाउने उपाय एकै हुँदैनन् । विशिष्ठीकृत, व्यक्तिकृत र परिवेशजन्य हुन्छन् ।

परम्परागत रूपमा प्रशासनिक संस्कृति परिवर्तनका मुख्य दुई आधार थिए । पहिलो तालिम र शिक्षा, दोस्रो सूचना आदान र पृष्ठपोषण । २१औं शताब्दीले माग गरेको नवीन कार्यसंस्कृति बहुसीपयुक्त, स्वयं प्रेरित, सदाचारी, प्रत्युत्पन्नमति राख्ने, कामप्रति आक्रामक, परिवर्तनमा एक कदम अघि, लोकतन्त्रको वितरण गर्न सक्ने र बाह्य प्रवृत्तिसँग स्पष्ट अन्तत्र्रिmया गर्ने स्वभाव र सामथ्र्य हो जसका लागि परम्परागत तरिका मात्र पर्याप्त छैनन् । कामप्रति आन्तरिक भावना जगाउन सेवा र परिवर्तनप्रति अभिमुखीकरण सा-है महत्वपूर्ण छ । किनकि यसले म केका लागि यहाँ छु र संस्थाभित्र आफ्नो भूमिकाको अन्तरबोध कर्मचारीलाई गराउँछ ।

कर्मचारी भर्ना छनोटका समयदेखि नै व्यावसायिक सदाचारिता परीक्षण गर्ने विधि पनि कार्यसंस्कृति निर्माणको आधार हो । योग्यता परीक्षणका मौजुदा विधि परिमार्जन गरिनु जरुरी छ । असल चाहना, असल बुझाइ र असल कार्य भएको व्यक्ति छनोट गर्ने योग्यता आधार र विधि चाहिन्छ । कर्मचारीले वृत्ति गतिशीलतको माग गर्छ । सबैले बुझेको वृत्ति बढुवा हो । यस भावनालाई विज्ञता विस्तारमार्फत बृहत् जिम्मेवारी भन्ने बोध नगराई हुन्न, तर यो निकै गा¥हो र समय लाग्ने प्रक्रिया हो । अभिभावकत्व र प्रोत्साहन प्रणालीबद्ध हुनैपर्छ । देखिएको अभिभावकत्व वृत्ति ईष्र्या गर्न बेर लाउँदैन । प्रोत्साहनका शास्त्रीय औजार पनि बदल्नैपर्छ । अनि मात्र कर्म नै मेरो आचरण भन्ने भावना अन्तरबोध भई कर्मचारी जनताका मनभित्र बस्न पुग्छन् र सुशासन सुशासनको अनुभूति हुन्छ ।

(Visited 368 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा...

ट्रेन्डिङ

शिक्षालय सञ्चालन कार्यढाँचा

शिक्षा मन्त्रालयले लामो समयदेखि ठप्प भएको शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने कार्यढाँचा जारी गरिएको छ । कोरोना भाइरस रोगथामका लागि गठित कोभिड–१९ संक्रमण रोगथाम तथा...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक...

भोली यी क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौं । काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म ‘लोडसेटिडङ’ हुने भएको छ । महाराजगंज वितरण...

अमेरिकामा खोपको परीक्षण सुरु

न्युयोर्क  । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुने रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका...

रहेनन् सेते दाइ

काठमाडौं । मिर्गाला रोगबाट पीडित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते) दाइको निधन भएको छ । मिर्गाैला रोगबाट पीडित ५३ वर्षे...

कोरोना र मानसिक स्वास्थ्य प्रर्वद्धन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाललगायत विश्वका ४४ मुलुक अहिले ‘लकडाउन’मा छन् । आजसम्म तीन लाखभन्न्दा बढी मानिसले कोरोना भाइरससँगको लडाइँ जितेर घर...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

नेकपा संकट: फुट जोगाउन बल्ल जागे सांसदहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेका बेला फुट जोगाउन सांसदहरूले दबाब अभियान सुरु गरेका छन् ।...

थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

सल्यानमा पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

सल्यान । जिल्लाको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि...

किसानको तरकारी नष्ट गर्नेलाई कारबाही

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानको तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्बाध रूपमा ओसारपसार गर्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)