ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

 

ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल) ले गाउँपालिकाले संक्रमणको जोखिमलाई ध्यान दिंदै २० वटा अक्सिजन सिलिण्डरसहित २० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जानकारी दिए ।

उनका अनुसार अक्सिजन सपोर्ट आवश्यकता पर्ने संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा ल्याएर राखिने छ । तर, अक्सिजन सपोर्ट आवश्यक नपर्ने बिरामीहरुलाई भने घरमा नै ‘होम आइसोलेसन’ मा राख्न गाउँपालिकाले सबै वडाहरुलाई सर्कुलर गरेको छ ।

गाउँपालिकाले अक्सिजन उत्पादन गर्न ‘अक्सिजन कन्सन्ट्रेटर’ समेत ल्याउने तयारी गरेको छ । सो मेसिनले हावामा रहेका अक्सिजनलाई तान्ने र प्रशोधन गरेर मेसिनमा जम्मा गर्ने छ भने त्यसपछि आवश्यक पर्ने व्यक्तिले अक्सिजन लिन सक्नेछन् ।
गाउँपालिकाले कोभिडका बिरामीलाई बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने ननकोभिड बिरामीलाई दिइने सेवालाई समेत निरन्तरता दिन अन्य दुई वटा एम्बुलेन्स संचालनमै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आइसोलेसनमा बसेका कसैलाई असहज भए गाउँपालिकाको आइसोलेसनमा ल्याएर राखिने छ भने थप उपचार आवश्यक परे एम्बुलेन्स मार्फत अस्पताल लैजाने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी निषेधाज्ञाको समयमा देशका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सबै वडाका अध्यक्षहरुमार्फत रेखदेख गरिरहेको छ । यस्तै गाउँपालिकाले पिसिआर र एन्टिजेन विधिमार्फत लक्षण देखिएका तथा संक्रमण पुष्टी भएर संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षणसमेत निशुल्क रुपमा गर्दै आएको छ ।

आइसोलेसनमा राखिने संक्रमितहरुका लागि रेखदेख गर्न आवश्यक पर्ने जनशक्ति स्थानीय स्वास्थ्यचौकीबाट व्यवस्थापन गरिएको छ भने स्टाफ नर्स तथा अनमीहरुसमेत भर्ना गरी तयारी अवस्थामा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प