Friday, June 18, 2021
Home Editor-Picks सकारात्मक मोडतर्फ एमाले

सकारात्मक मोडतर्फ एमाले

सुभाष साह,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।

कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।

गत शुक्रबार र बिहीबार पार्टी विवाद ‘कसरी समाधान गर्ने ?’ भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।

दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

कोपा अमेरिकाः ब्राजिलको सानदार जित

रियो द जेनेरियो । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको...

जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

ट्रेन्डिङ

नेपालमा पनि कोरोना संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा....

कल्याणकारी कोषबाट प्रतिभालाई सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महŒवपूर्ण सदस्य प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्...

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

नयाँदिल्ली । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक...

शिक्षकलाई खोप व्यवस्था मिलाउन आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक–कर्मचारीका लागि कोरोना खोप व्यवस्था मिलाउन आग्रह गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम प्राथमिकताका आधारमा...

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दिया । कोरोना संक्रमण समुदायस्तरमै देखिएको हुँदा संक्रमण फैलिन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै बर्दियामा सोमबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना...

सम्पादकीय : अभिभावकत्वको खोजीमा राष्ट्रिय गौरवका आयोजना

नेपालमा राष्ट्रिय गौरवका आयोजनाले गति लिन नपाउँदा देशले ठूलो समस्या झेल्नु परिरहेको छ । ससाना र स्थानीय आयोनाहरू त पूरा हुने तर तिनले राष्ट्रिय...

घरअगाडि किन रोइन कंगना ?

मुम्बई । बुधबार मात्र आफ्नो घरबाट बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आइन् । उनी मुम्बई आउनुअघि फिल्म मणिकर्णिकाको कार्यालय भवन मुम्बई नगर निगमको अफिस...

३ सय ९ किलो गाँजासहित ट्रक नियन्त्रणमा

सर्लाही । सर्लाही प्रहरीले ठुुलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ । सर्लाही जिल्लाको पूर्वी ग्रामिण ईलाका हुँदै लागूऔषध नेपाल-भारत ओसारपसार हुँदै आएको विशेष...

फुटेको भन्न डराउने नेकपाको पर्सामा भुइँ तहसम्म गुट

वीरगन्ज । औपचारिक रुपमा अलग पार्टी भएको भन्न हिच्किचाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का दुवै समूहका अलग गुट भुइँ तहसम्म पुगेका छन् ।...

पूर्वसभामुख महरा निर्दोष रहेको अदालतको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज...

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्...

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)