काठमाडौं । जापानमा आयोजना भइरहेको एसियाली खेलकुदमा पदक विजेता नेपाली कब्बडी टोली थाइल्यान्डको बैंकक एयरपोर्टमा अलपत्र परेका छन् । १५ घण्टादेखि थाइल्यान्डको एयरपोर्टमा उनीहरु बसिरहेका छन् । लगातारको फ्लाइट डिले भए पनि ओलम्पिक कमिटी र राखेपको अधिकारीले सो टोलीको समस्या’bout चासो राखेका छैनन् । कबड्डी टोलीले एसियाडमा एक काँस्य पदक जितेको थियो । नेपाली टोलीले जितेको सोही एक काँस्य पदक हो ।
नेपाली कबड्डी टोलीको एयरपोर्टमा फ्लाइट २८ तारिखको दिनको १२ बजे थियो । टोली सुतिरहेको समयमा २७ तारिखको रातको बेलुका ८ देखि ९ को बिचमा अधिकारीहरू आएर उठाइयो र तत्काल त्यो स्थान खाली गर्न भनियो ।
रातारात एयरपोर्ट पुगेको टोली त्यहाँ लामो समय कुरेको थियो । जापानबाट थाइल्यान्ड पुगे पछि अहिले १८ घण्टा अलपत्र परेको छ । थाइल्यान्डबाट नेपाली दूतावास र सरकारसँग पहल गरे पनि कसैले वास्ता नगरेको बताइन्छ ।
उनीहरूका अनुसार अन्यत्रको फ्लाइट भए पनि काठमाडौँको भएको छैन । यो समाचार तयार पार्दासम्म नेपालको कुनै जिम्मेवार निकाय अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ।










