‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ संक्रामक र जोखिमपूर्ण

काठमाडौं । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको बेला नेपालमा दुई नयाँ भेरियन्टको संक्रमण देखिएको छ ।

गत साता ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्युटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई भेरियन्ट फेला परेका हुन् । भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फैलिएको पाइएको छ ।

प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ नमुनामा बी १.६१७.२ र ३ प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको हो । यी दुवै भेरियन्ट भारतमा पहिलोपटक भेटिएको थियो । नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण छ । देशका विभिन्न भागबाट गत साता संकलित कोभिड–१९ संक्रमितको ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘जिन सिक्वेन्सिङ’ गरिएको हो ।

यसैबीच, देशभर मंगलबार ८ हजार २ सय ३ मा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार देशभरका २० हजार २ सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमित संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९६ को निधनसँगै हालसम्म ५ हजार ४ सय ११ संक्रमितको मृत्यु भएको छ ।

६ हजार ८ सय ९१ संक्रमित निको भएका छन् । देशभर ७ सय ५२ व्यक्ति क्वारेन्टाइनमा छन् । कुल संक्रमितमध्ये देशभरमा रहेका कोभिड अस्पतालमा १ हजार ९ सय ८० आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । १ हजार ५ सय ९० आईसीयू र ३ सय ९० संक्रमित भेन्टिलेटरमा छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न नपाउने व्यवस्था लागू गर्न औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद्लाई निर्देशन दिएको छ ।

मंगलबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) बैठकले निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर