आठ महिनादेखि अस्पतालमै बन्धक भएका जीवनको उद्धार

संखुवासभा। उपचार गराएको पैसा तिर्न नसकेर आठ महिना देखि मोरङको विराट अस्पतालमा बन्धक बनाइएका संखुवासभाको खाँदबारी नगरपालिका–१०, चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । बन्धक बनाइएका जीवनको ८ महिनापछि विराट अस्पताल उद्धार गरिएको छ ।

गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१, को इर्खुवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरहरुबीच विवादले उग्ररुप लिएपछि मजदुरहरुबीच कुटाकुट भयो । कुटाकुट छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार हुदाँ गम्भीर घाईते भए । गम्भीर घाईते भएका जीवनलाई तत्कालै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो । तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल रेफर गरेको थियो । घाईते जीवनलाई उद्धार गर्न गृह मन्त्रालयबाट ५ लाख खाँदबारी नगरपालिका बाट १ लाख सहयोग गरिएको संघिय सांसद राजेन्द्र गौतमले जानकारी दिए ।

घाईते जीवनलाई उद्धार गर्न पूर्व गृह सचिव प्रेम राई र संघिय सांसद राजेन्द्र गौतमको पहलमा गृहमन्त्रालयबाट ५ लाख सहयोग भएको थियो । टाँउको र घाँटीमा गम्भीर चोट लागेका जीवनको आठ महिना देखि मोरङको विराट अस्पतालमा बन्धक भएका थिए । घाईते जीवनको घाँटीको शल्यक्रिया,औषधी र खाना खर्च ८ लाख बढी पुगेको थियो । जीवनको उपचार वापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको छ ।

घाईते जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको छ । बन्दक बनाइएको जीवनको उद्धार गर्न सखुवासभाका प्रदेश सांसद पूर्ण प्रसाद राई ,पदमकुमारी गुरुङ र खाँदबारी नगर प्रमुख मुरारी खतिवडा सोमबार विराट अस्पताल मोरङ पुगेका थिए । जीवनको उपचार खर्च, औषधी र खानाको ७ लाख रकम भुक्तानी गरेर सोमबार उद्धार गरिएको खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडाले बताए । जीवनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौंको टिचिङ अस्पताल लग्ने तयारी भएको नगर प्रमुख खतिवडाले जानकारी दिए । जीवनलाई सहयोग गर्नका लागि विभिन्न संघ संस्था र व्यक्ति सक्रिय भएर लागेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा