रजनी कान्तले संक्रमितलाई अक्सिजन किन्न दिए ५० लाख

मुम्बई । दक्षिण भारतीय अभिनेता रजनी कान्तलाई दर्शकले भगवान्का रूपमा सम्बोधन गर्दै आएका छन् । आफ्नो कमाइको आधा रकम सामाजिक काममा खर्च गर्न पछि नगर्ने यी अभिनेताले कोरोना संक्रमितलाई बचाउन अक्सिजनको व्यवस्था पर्न राज्य सरकारलाई ठूलो आर्थिक सहयोग गरेका छन् ।

विभिन्न कलाकारले दिल खेलोर सहयोग गरेको चर्चा चलिरहेको बेला रजनी कान्तले आफ्नो तर्फबाट कोरोना संक्रमितका लागि ५० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । यसअघि उनले थुप्रैपटक संक्रमितका लागि सहयोग गरिसकेका थिए ।

रजनी कान्तले तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई भेटेर आर्थिक सहयोग दिएका हुन् । ५० लाख रुपैयाँको चेक दिँदै उनले यो रकमबाट कोरोना संक्रमित बिरामीलाई अक्सिजन सिलिन्डर किनेर यथाशीघ्र अक्सिजन सेवा दिन अनुरोध गरेका छन् । तामिलनाडु राज्यका कैयौं सहरमा अहिले कोरोनाको महामारी बढेका कारण अक्सिजनको अभाव भइरहेको छ । यस्तो अवस्थामा अक्सिजन सिलिन्डरको पनि त्यत्तिकै समस्या परेको छ ।

मुख्यमन्त्री स्टालिनले रजनी कान्त दक्षिण भारतका वास्तविक हिरो भएको बताएका छन् । उनको यो सहयोगले यथाशीघ्र कोरोना संक्रमितलाई अक्सिजन सेवा दिइने पनि मुख्यमन्त्रीले बताएका छन् । उनले रजनी कान्तलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम