आँधीले सलमानको चलचित्रको सेट भत्किया

मुम्बई । बलिउड अभिनेता सलमान खानले दुई दिनअघि मुम्बईमा आएको आँधी बेहेरीले चलचित्र सुटिङ सेटमा ठूलो क्षति पु¥याएको बताएका छन् । ‘ताउले तुफान’ नामको यो आँधीले महाराष्ट्रको धेरै ठाउँमा क्षति पु-याएको छ । सलमान खानको नयाँ चलचित्र टाइगर–३ का लागि गोरे गाउँमा बृहत् सेट लगाउने कार्य भर्खरै सकिएको थियो ।

मार्च र अप्रिल गरेर दुई महिनामा त्यहाँ सेट तयार गरिएको थियो । मुम्बईमा लकडाउन खुल्नासाथ सो सेटमा सलमान खान टाइगर–३ को छायांकन तयारीमा थिए । तर, अहिले सेट भत्किएकाले निर्धारित समयमा अब यो चलचित्रको छायांकन हुुन नसक्ने यी अभिनेताको भनाइ छ । चलचित्रको छायांकनका लागि सलमान खान र कैटरिना कैफले द्वन्द्वसम्बन्धी १५ दिन प्रशिक्षणसमेत दिएका थिए ।

हालै निर्माण सम्पन्न भएको यो नयाँ सेटमा चलचित्रको क्लाइमेक्सलगायतको द्वन्द्वको छायांकन गरिने तयारी भइरहेको थियो । लकडाउनका कारण चलचित्रको छायांकन रोकियो । अनि क्लाइमेक्स छायांकन हुन सकेन । यता आँधी बेहेरीले सेट भत्केका कारण आफूहरूलाई ठूलो क्षति भएको निर्माण पक्षले जनाएको छ । सेटको खण्डखण्ड हावाले उडाएर विभिन्न ठाउँमा पु¥याउँदा टुक्राटुक्रा भएको उनीहरूले बताएका छन् ।

एकातर्फ कोरोनाको महामारीका कारण चलचित्रको छायांकन रोकिँदा घाटा बेहोर्नुपरेको छ । अर्कोतर्फ आँधी बेहेरीले चलचित्रको छायांकन सेट भत्किँदा भारी नोक्सान बेहोर्नुपरेको पनि निर्माण पक्षको गुनासो छ । चलचित्र टाइगर–३ को छायांकन मुम्बईबाटै गत ८ मार्चदेखि सुरु भएको थियो ।

यसका निर्देशक मनीष शर्माका अनुसार चलचित्रको छायांकन सुरु भएको १५ दिनसम्म सुटिङ जारी रह्यो । त्यसपछि कोरोनाको महामारी बढेसँगै चलचित्रको छायांकन रोकिएको पनि शर्माले बताएका छन् । मुम्बईमा केही सातादेखि जारी लकडाउनका कारण अहिले यो चलचित्र रोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

कोरला नाकाबाट भित्रिएका ‘ईभी’लाई गन्तव्यमा पुर्‍याउन सकस