निषेधाज्ञाले रोकिएका विदेशी र स्वदेशी यात्रु चार्टर्ड उडानमा जान पाउने

काठमाडौं । गत १६ वैशाखदेखि जारी निषेधाज्ञामा अनुमति दिइएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा नेपालमा अलपत्र विदेशीसँगै स्वदेशी यात्रु पनि जान पाउने भएका छन् । गत २० वैशाखदेखि अन्तरिक र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान रोकिएको छ । नियमित उडान रोकिएपछि अहिले उद्धार तथा चाटर्ड उडान मात्र जारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार अब विदेशी र स्वदेशी यात्रु उद्धार तथा चाटर्ड उडानमार्फत विभिन्न मुलुकमा जान पाउने निणर्य गरेको हो । मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले स्वदेशी नागरिक पनि उद्धार तथा चाटर्ड उडानमार्फत अन्य मुलुक जान सक्ने भनेर निर्णय गरेको बताएका हुन् ।

मन्त्रालयका अनुसार सरकारको यो निर्णयसँगै अब वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएर खाडी मुलुक जाने तयारीमा रहेका नेपाली कामदार चार्टर्ड उडानमा जान सक्ने छन् ।

सरकारको यस्तो नयाँ निणर्यसँगै अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर पनि उता जान अड्किएका नेपाली कामदार र अन्य स्वदेशी नागरिक लाभान्वित हुनेछन् । सरकारको यस निणर्यमा सम्बन्धित सरोकारवाल एवं व्यवसायीले भने नेपाल वायुसेवा निगमलाई नै विशेष प्राथमिकता दिएर नियमित उडान खोल्न आग्रह गरेका छन् ।

यसअघि पनि खाडी मुलुकका कामदारबाहेक अन्य देश जाने नेपाली तथा एनआरएनएलाई कोरोना संक्रमण फैलिनबाट बच्ने प्रक्रिया पूरा गरेर आएको खण्डमा चार्टर्ड उडानमा जान रोकिएको थिएन । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अहिले नेपालमा रहेका कूटनीति नियोग, नेपाल घुम्न आएका पर्यटक, एनआरएनए, युरोप अमेरिकालगायतका मुलुक जाने नेपाली नागरिकले विमान चाटर्ड गरेर गइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

अहिले काठमाडौंबाट चार्टर्ड उडानमार्फत जान चाहने विदेशी नागरिक, गैरआवसीय नेपाली तथा नेपाली नागरिक भनेर नछुट्याइएकाले सबैले जान पाउने जानकारी गराउँदै उनले यस्तो उडानमा जानेहरूले अनिवार्य सबै प्रक्रिया भने पूरा गरेको हुनुपर्ने बताए ।

यसैगरी, अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले अहिले यूएई र कुवेतका लागि जाने नागरिकलाई भिसा नदिईएको बताए । यी दुई मुलुकभन्दा बाँकी अन्य मुलुकमा जाने विदेशी वा नेपाली नागरिकले प्रक्रिया पूरा गरेर आएको खण्डमा अध्यागमनले सहजीकरण गरिरहेको उनले जानकारी दिए । अध्यागमन विभागका अनुसार पर्यटन मन्त्रालयको निर्देशनबमोजिम अब स्वदेशी तथा विदेशी दुवै नागरिकलाई अन्य मुलुक जानबाट वञ्चित गरिनेछैन ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले हाल यस्तो उद्धार उडानमा जाने यात्रुमा अधिकांश विदेशी नागरिक रहेको बताए । गत आइतबारदेखि हालसम्म पर्यटन बोर्डको सहकार्यमा धेरै पर्यटक कतार एयरवेजबाट अमेरिकी र युरोपियन नागरिक गएका छन् । यसरी जानेहरूमा धेरैजसो कूटनीतिक नियोगका रहेको बोर्डले जनाएको छ । यो अवधीमा हिमालय एयरलाइन्सले बंगलादेशी नागरिकलाई पु¥याएको थियो ।

रुसले आफ्ना १२८ नागरिक लैजान रुसी एयरलाइन्स एरोफ्लट विमान ल्याउँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार मात्र स्पेनले आफ्ना नागरिकलाई वाइडबडी विमानमार्फत लैजानका लागि अनुमति लिइसकेको छ । त्यस्तै, अमेरिकी र युरोपका नागरिक पठाउनका लागि आगामी शनिबार र ११ जेठमा कतारका लागि चार्टर्ड उडानको अनुमति दिइएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा अलपत्र ४८४ पर्यटकलाई उद्धारगरि पर्यटन बोर्डले सहजीकरण गरेर काठमाडौं ल्याइसकेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हाल अलपत्र रहेका मध्ये ५४ अमेरिकी नागरिक छन् । उनीहरूलाई पाँच दिन होटल क्वारेन्टाइनमा राखेर सम्बन्धित दूतावासको समन्वयमा पठाइनेछ । यसैगरी, अझै काठमाडौं आइनसकेका पर्यटकलाई ट्राभल लोकेटरमार्फत विवरण संकलन गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि अहिलेसम्म १५ वटा चार्टर्ड उडान भएका छन् । यसमा धेरै चार्टर्ड भने भारतीय नागरिकलाई साउदी अरब लैजानका गरिएको थियो ।

सरकारले गरेको यस्तो नयाँ निणर्यसँगै अब वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएर पनि उता जान अड्किएका नेपाली कामदार र अन्य स्वदेशी नागरिक लाभान्वित हुनेछन् । सरकारको यस निणर्यमा सम्बन्धित सरोकारवाला एवं व्यवसायीले भने नेपाल वायुसेवा निगमलाई नै विशेष प्राथमिकता दिएर नियमित उडान खोल्न आग्रह गरेका छन् । यस्तो चार्टर्ड उडानमा अन्तर्राष्ट्रिय वायुसेवाले स्वदेशी यात्रुसँग चर्को हवाई भाडा उठाउने भन्दै यस्तो आग्रह गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल