काेराेना संक्रमणबाट १७७ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम