संखुवासभामा पहिलो पटक दुई जना कोरोना संक्रमितको मृत्यु

संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० बर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ बषीए हित कुमार नालामि रहेको जिल्ला अस्पताल संखुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।

ज्वरो आएर उपचार गर्न जिल्ला अस्पताल संखुवासभा आइपुगेका सिलिचोङ –५ का ७० बर्षीय तामाङलाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आईसोलेसनमा तुम्लिङटारमा गत जेठ १ गते भर्ना भएका थिए । ७० बर्षीय तामाङको जिल्ला अस्पताल तुम्लिङटारको आईसोलेसनमा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको प्रबक्ता पौडेलले बताएकी छन् ।

त्यसैगरी कोशी अञ्चल अस्पतालको कोभिड अस्पताल आईसियूमा उपचारत खाँदबारी नगरपालिका –१ का ६२ बर्षीय हितकुमारको शुक्रबार दिउँसो २ बजे मृत्यु भएको छ । सोमबार कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका हितकुमार स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार थप उपचारका लागि हेलिकप्टर बाट कोभिड अस्पताल विराटनगर लगिएको थियो । कोरोना संक्रमितको शव ब्यवस्थापन नेपाली सेनाले गर्ने जिल्ला अस्पताल संखुवासभाले जनाएको छ ।

संखुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । गएको २४ घण्टामा ४९ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषन श्रेष्ठले जानकारी दिए । जिल्लामा संस्थागत आईसोलेशनमा ५८ जना र होम आईसोलेशनमा २७४ जना संक्रमित रहेका छन् भने उपचारपछि निको भएर १ सय ३७ जना घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध