एथलेटिको म्याड्रिड ला लिगा च्याम्पियन

म्याड्रिड । एथलेटिको म्याड्रिडले स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । लिगको अन्तिम खेलमा एथलेटिको म्याड्रिडले जितसँगै २ अंकको अग्रता लिँदै च्याम्पियन बनेको हो ।

घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित निकाल्यो ।

खेलमा एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सीमित रह्यो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य ग¥यो ।

एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो । यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को अन्तरले विजयी भयो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए ।

युरोपा लिगको दौडमा भने रियल बेटिसले रोमान्चक पुनरागमन गर्दै सेल्टा भिगोलाई ३–२ ले पराजित ग(यो । एक समय २–० ले पछि रहेको बेटिसले दोस्रो हाफमा ३ गोल फर्काएको थियो । सेल्टाले इयागो आस्पास र ब्राइस मेन्डेजको गोलमा आरामदायी अग्रता बनाएको थियो । तर बोर्जा इग्लेसिस, नाबिल फेकिर र भिक्टर रुइजले गोल गर्दै खेलमा फर्काए ।

अन्य खेलमा हुएस्का र भ्यालेन्सियाको खेल गोलरहित बराबरीमा सकियो । हुएस्का यस बराबरीका बाबजुद रेलिगेसनमा परेको छ । एलेक्जेन्डर इसाकको गोलमा रियल सोसिडाडले ओसासुनालाई १–० ले हरायो । एल्चेले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्यो । एल्चे यस जितसँगै शीर्ष डिभिजनमा रहन सफल रहयो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस