भक्तपुर वाइसीएलले जलायो ओली भण्डारीको पुत्ला

भक्तपुर । नेकपा माओवादीको भातृ संगठन वाइसीएल नेपालले भक्तपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विगठनको विरोध गर्दै उनीहरुले भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायकमा आइतबार राती राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

संसदमा स्पस्ट वहुमतको निवेदन पेश हुँदा हुँदै प्रधानमन्त्रीको सिफारिसमा दोस्रो पटक राष्ट्रपतिले देशलाई उदो गतिमा लैजादै संसद विगठन गर्नु अनैतिक कार्य भएको भन्दै वाईसीएल नेपालले भक्तपुरमा पुत्ला दहन गरेको संयोजक नरेश वाइवाले जानकारी दिए ।

उनका अनुसार देशलाई यत्रो ठूलो महामारीले घेरेको छ । प्रधानमन्त्री र राष्ट्रपति देशलाई कसरी यो संकटको घडीबाट अगाडी निकाल्ने भन्दा पनि सत्ता कब्जा कसरी गर्ने अरुलाई कसरी पछाडी पार्ने तथा प्रतिगमनलाई कसरी बढावा दिने, आफ्ना भ्रटाचारी नेतालाई कसरी प्रसय दिने भन्ने खेलमा मात्र लागेको उनको आरोप रहेको छ ।

पुत्ला दहन कार्यक्रममा वाइसीयल भक्तपुर संयोजक नरेश वाईबाको नेतृत्वमा वाइसीयल भक्तपुर नगर इन्चार्ज बिक्रम ह्याङ्गो नगर संयोजक कृष्ण मान बनमाला चाँगुनारायण संयोजक लक्ष्मण दुलाल प्रदेश बिभाग सदस्य बिनोद लामिछाने रोषन बाशुकला जिल्ला सचिवालय सदस्य केदार फुयाल, सूर्यविनायक नगर संयोजक सुरेन्स सुवाल,प्रदेश विभाग सदस्य सानु खत्री लागाएत वाइसीयल जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।
मसाल जुलुसमा उनीहरुले प्रतिगमनको विरोध समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर