मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानमा अक्सिजन उत्पादन सुरु

 

चुरे/मकवानपुर । कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावितहरुको स्वास्थोपचारमा अक्सिजनको अभाव भएपछि विभिन्न सहयोगी संस्थाहरुको भर पर्नु परेको थियो । अब मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्माण सुरु गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा नै अक्सिजन उत्पादन सुरु गरिएपछि अब विभिन्न जिल्लाहरुमा हुने अक्सिजन अभावको समस्या टर्ने आशा गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।

कोरोनाका कारण गम्भीर बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाहरुका लागि अक्सिजन दिनकै लागि समस्या भएकाले तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । २ हप्ता अगाडि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन प्लान्टको अनुगमन गर्दै रफ्तारमा कम गर्न निर्देशन दिएका थिए ।

प्रदेश सरकारसँग हेटौंडा उपमहानगरपालिकाको विशेष समन्वयमा प्लान्ट तत्काल निर्माण सम्पन्न गरी उक्सिजन नै उत्पादन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । ‘काठमाडौ लैजान भनेर रक्सौलमा थन्किएको प्लान्ट हामीले यहाँ ल्याएका हौ’ मेयर महतले भने । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीलाई परेको मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले बताए ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । अक्सिजनको हाहाकार भएको समयमा यसले पनि धेरै राहत प्रदान गर्ने अस्पतालका चिकित्सकहरुले बताएका छन् । प्लान्ट जडान गर्न दुई दिन समय लागेको छ ।

प्लान्ट जडानका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौंबाट आएका प्राविधिक २४ सै घन्टा खेटिएका थिए । आइतबारको मितिमा हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । सबै बिरामीको अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए । उपमहानगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गरेर कोरोना संक्रमितहरुको ज्यान बचाउने काम गरेको अध्यक्ष प्रसाईंले बताए । यसअघि अक्सिजनको हाहाकार हुँदा विभिन्न क्षेत्रको सहयोगमा अक्सिजन जुटाइएको थियो ।

उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने कार्यका लागि २ वटा गाडी अस्पताललाई जिम्मा लगाएको छ । उपमहानगरपालिकाले हेटौंडाको गौरीटारमा आइसोलेसन र गोरक्षश्वरमा स्वाब संकलनको काम पनि गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन