जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ ।
जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा विभागिय टिमको वर्चश्व देखिएको छ ।
प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएका छन् । यस्तै ५ स्वर्ण जितेर नेपाल सेना दोश्रो तथा २ रजत हात पार्दै बाँके तृतीय भएका छन् ।

प्रतियोगिता समाप्तिपछि नेपाल जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, गोबिन्द न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, जिल्ला जुडो संघका महासचिव नवनित झा लगायतले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

समापनको अवसरमा यूवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई १३ औं दक्षिण ऐसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई एतिहासिक सफलता दिलाउन योगदान पु¥याए वापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरि २५ टिमको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ