नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस गरेका हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार ती रिट मंगलबार दर्ता पक्रियामा जान लागेको छ । सरकारले गैरसंबैधानिक रुपमा ल्याएको नागरिकतासम्बन्धी अध्यादेश खारेज गरियोस् भनेर रिट पेश भएको बरिष्ठ अधिबक्ता न्यौपानेले जानकारी दिए । अध्यादेशले नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने दावी गर्दै रिट पेश भएको उनले बताए ।

नागरिकता विधेयक प्रतिनिधिसभामा अड्किएर बसिरहेका बेला राजनीतिक दाउपेचमा अध्यादेश मार्फत दूरगामी महत्वको विषयलाई प्रभाव पार्ने गरी ल्याइएको भन्दै विभिन्न राजनीतिक दल र सरोकारवालाबाट विरोध भइरहेको छ । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो समर्थनमा पार्नका लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण