काभ्रेपलाञ्चोक । सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मंगलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिको अवस्थाका ’boutमा जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यही ८ देखि १२ असोजसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । ‘विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ,’ अधिकारीले भने ।
जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।
सम्बन्धित समाचार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब रुपैयाँ आवश्यक
भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय
वरिष्ठ पत्रकार युवराज गौतमको निधन
जलवायु संकटविरुद्ध साझा संकल्प खोज्दै घरपझोङ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड रुपैयाँ
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर
त्रिपुरेश्वर बस आगलागी : खुल्यो मृतकको पहिचान, अन्य व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग





