फिल्म आरआरआर अब १० भाषामा

मुम्बई । भारतमा बहुबलीजस्तो व्यावसायिक सफल फिल्म बनाएका एसएस राजामौलीको नयाँ फिल्म आरआरआर प्रदर्शनको तयारीमा छ । यो फिल्म अहिलेसम्म ५ भाषामा तयार हुँदै छ । तर, अब यो फिल्म अरू पाँच विदेशी भाषामा पनि तयार हुने भएको छ ।

फिल्मको अन्तर्राष्टिय वितरण जिम्मा लिएको कम्पनीले विदेशमा अरू पाँच भाषामा पनि रिलिज गर्ने भएको छ । यो फिल्म भारतका लागि हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा निर्माण भइरहेको थियो ।

आरआरआर विदेशमा रिलिजका लागि अंग्रेजी, स्पेनिस, कोरियन, टर्किस र पुर्तुगिस भाषामा पनि तयार हुने भएको छ । विदेशी भाषामा रिलिज माग आएपछि निर्माण पक्षले थप पाँच भाषामा पनि तयार गर्न लागेको हो । फिल्मको ओटीटी रिलिजका लागि डिजिटल राइट्स नेटफिक्सले खरिद गरेको छ ।

यो फिल्म अहिलेसम्म उत्तर भारतका लागि थिएटर तथा सेटेलाइट राइट र ओटीटी राइट गरेर ४ सय ५० करोड भारतीय रुपैयाँमा बिक्री भइसकेको छ । सन २०२१ को भारतको सबैभन्दा महँगो र आशा गरिएको फिल्मका रूपमा आरआरआरलाई लिइएको छ ।

एक्सन प्रधान यो फिल्ममा साउथ इन्डियन स्टार रामचरण, जुनियर अनटीआरसँगै बलिउडबाट अजय देवगन, आलिया भट्टलगायतका कलाकार रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द