‘नहेर तर्केर’

काठमाडौं । बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धनवीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ ।

बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमल्सिनाको रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ ।

सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सहछांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ । भिडियो सेवालुंग च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा