३० खेलाडी चुनिए
काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय नेपाली महिला भलिबलको प्रारम्भिक टोली छनोट गरिएको छ । पहिलो चरणमा संघले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको बताएको छ ।
पाँचांै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार बनाएर खेलाडी छनोट गरिको हो । त्यसका लागि तीन सदस्यीय छनोट समिति रहेको छ । छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक छन् । सदस्यमा राखेप मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य छन् ।
समितिले सो प्रतियोगिता दौरान गरेको प्रदर्शनसमेतलाई आधार बनाएर खेलाडी चयन गरेको बताएको छ । भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीलाई समेत पहिलो चरणका लागि छनोट गरिने छ । सो प्रतियोगिताको च्याम्पियन होंगान्जी न्यु डायमन्डबाट ७ खेलाडी चयन भए । ३० सदस्यीय टोलीमा विभागीय टोमको वर्चस्व कायम छ । एीपएफ र पुलिसबाट ७–७ तथा आर्मीबाट ८ खेलाडी छन् । भरतपुर मेट्रोबाट सरस्वती कट्टेल पुनः बन्द प्रशिक्षणमा पर्न सफल भएकी छन् ।
यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् । सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पूजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलोपटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।
शुक्रबार कार्यवाहक यामबहादुर गुरुङको अध्यक्षतामा बसेको संघको भर्चुअल बैठकले २१ जेठबाट प्रशिक्षण सुरु गर्ने निर्णयसमेत गरेको छ । जगदीश भट्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारी तोक्ने निर्णयसमेत गरेको छ । टोली व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्के तथा ट्रेनरमा पूर्वखेलाडी अञ्जु श्रेष्ठ रहनेछिन् ।
बन्द प्रशिक्षणमा पर्न सफल ३० खेलाडीको नामावली:
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, उषा विष्ट, हिरा केसी, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, पुनम चन्द, रेश्मा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैसी, शान्तिकला तामाङ, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, सरस्वती कट्टेल, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वाल्मिका आचार्य
वैकल्पिक खेलाडी: आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही, पुष्पा चौधरी






