अस्ट्रेलियाबाटै राजले ल्याए हिमालै राम्रो…

काठमाडौं । पछिल्लो समय विदेशमा रहेका नेपाली कलाकारले पनि गीतसंगीत र भिडियो रिलिज गर्ने क्रम बढेको छ । यस्तै लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामीले आफ्नो नयाँ गीत हिमालै राम्रो हिउँले…को भिडियो दर्शकमाझ ल्याएका छन् ।

सहरमा कन्सर्टसहितका कार्यक्रम आयोजना गर्दै आएका गायक गोस्वामीले ‘कोशिस–२’ शीर्षकको एल्बममा यो गीत समावेश गरेका छन् । उनको यो गीतमा विक्रम थापाको संगीत छ । सुमन कुँवर यो गीतका रचनाकार हुन् । यो गीतमा सन्दीप कार्कीले संगीत संयोजन गरेका छन् ।

यो गीतको भिडियोलाई पूर्ण रूपले भिएफएक्स र ग्राफिक्सबाट तयार पारिएको छ । गीतको भिडियोमा बिजेश पौडेल तथा पूजा धामीले अभिनय गरेका छन् । यी दुईलाई पनि भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ ।

निशा पौडेलद्वारा छायांकन गरिएको सो भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो । भिडियोलाई बिजेश पौडेलले नै निर्देशन गरेका छन् । भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हुन् । विदेशमा रहेर पनि भिडियोमा हिमाल, पहाड समेटेर नेपाली शैलीको बनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी