नीरफूलको ट्रेलरमा भूकम्पपीडितको पीडा

काठमाडौं । २०७२ को विनासकारी भूकम्पबाट पीडित अझै धेरैले घर पाएका छैनन् । आफन्त गुमाउनेको पीडा अझै भरिएको छैन । घर भत्किएको भन्दा पनि मन भत्किएकाको पीडालाई चलचित्र ‘नीरफूल’मा देख्न पाइने भएको छ । यो चलचित्र आगामी ७ चैतबाट मुलुकका सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

चलचित्र निरफुलको ट्रेलर मंगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो चलचित्रलाई सञ्चारकर्मी फुलमान बल निर्देशन गरेका हुन् । भूकम्पबाट विस्थापित भएपछि धादिङको रुबी भ्यालीबाट काठमाडौं आएका एक परिवारको संघर्षको कथा यो चलचित्रमा समेटिएको निर्देशक बलले कार्यक्रममा बताए । फिल्मको ट्रेलरले पनि यही कुरा समेटेको छ । दयाहाङ राईको भनाइमा यस्तो यथार्थ घटनामा आधारित चलचित्र कमै निर्माण हुन्छन् । सोही कारण आफले यो चलचित्रमा अभिनय गरेको उनले बताए ।

फागुन ३० मा रिलिज डेट तय गरेको फिल्म चैत ७ मा सारिएको हो । यो चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतको अभिनय छ ।

प्रमोद कार्कीको छायांकन, अर्ज‘न पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने