सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एक औषधि व्यवसायीमाथि आज शनिवार बेलुको अज्ञात समूद्वारा गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका वडा नम्बर – ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालक ३९ वर्षिय रामसागर साफीमा पसलमै ३ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको हो ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्लम हेल्थकेयरमा भईरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गरएको मौकाछोपी आक्रमण गरेको प्रहरीले जनाएको छ । सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले बताए । उनीमाथिग यस अघिपनि आक्रमण भएको बताइएको छ । प्रहरी कार्यालय नजीकै घटनाहुदापनि प्रहरीले जानकारी नपाउनु दुखद भएको स्थानीयको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारि शालिग्राम शर्माले घटना’bout थप अनुसन्धान गरिरहेको जानकारी दिए । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन / चार जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेकजाँच तिव्र बनाएको प्रहरीले जनाएको छ ।