काजलले गरिन् नयाँ फिल्म साइन, सेटमा जान आतुर

 

एजेन्सी । विवाहपछि अभिनयबाट केही समय ब्रेक लिएकी अभिनेत्री काजल अग्रवालले नयाँ फिल्म साइन गरेकी छिन् । सुजय घोषले निर्माण गर्ने फिल्मको नाम ‘उमा’ मा काजोलले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् ।

उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । फिल्मको विषय विवाहकै पृष्ठभूमिसंग जोडिएको छ ।

तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत वर्ष विवाह गरेकी थिइन् । त्यसयता उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो । दक्षिण भारतको तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी दक्षिण भारतको चर्चित कलाकार मानिन्छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी