प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण भइरहेको छ । नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार, प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा चार ओटा मिर्गाैला हुनेछ । ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला राख्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला हुनेछ ।’

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा पहिलो पटक प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला भएकाले अब चार ओटा हुनेछन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण थालिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ