मुसहर बालकको हाइड्रोसिलको उपचार निशुल्क गरे डा. झाले

 

सर्लाही । मुसहर बालकको निशुल्क उपचार गरेका डा गुणेश्वर झा अहिले सर्लाहीमा प्रसंसाको पात्र बनेका छन् । स्तुति सौम्या हेल्थ केयर मलंगवाका संचालक झाले मुसहर परिवारका बालकलाई निःशुल्क उपचार गरेर उदाहरणीय कार्य गरेका छन् ।

यो कामको पहल निशुल्क ट्युसन पढाउँदै आएका स्थानिय समाजसेवी युवा शिवनाथ राउतले गरेका थिए । बिगत ३ वर्ष देखि निशुल्क ट्युसन सेन्टरमा ५० भन्दा बढि दलित बालबालिकालाई अध्यापन गराउँदै आएका राउतलें अन्डकोस सुनिएको १२ वर्षिय धर्मेन्द्र माझी मुसहरलाई झाको हेल्थकेयरमा पु-याएका थिए ।

डा. झाले बालकको निःशुल्क उपचार गरिदिएका छन् । बालकको केहि दिन देखि अन्डकोस सुनिएकाृ थियो । अभिभावकले आर्थिक अभावले औषधि उपचार गराउन सकेका थिएनन् ।

डा. झाले निःशुल्क उपचार गरेर ठुलै गुन लगाएको राउतको भनाई छ । उनले आगामी दिनमा पनि बिपन्न वालवालिकालाई निशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

डा. झाले लकडाउन यता लगभग ५० भन्दा बढि गरिब,असाहय तथा दलित परिवारको बालबालिकाको निःशुल्क उपचार गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका