Friday, June 18, 2021
Home Breaking News यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी

विवेक विवश रेग्मी,

 

इटहरी । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको समाचार बाहिरिएपछि यहाँका नागरिकहरु जागरुक बनेका छन् ।

कसिनको ‘सेटिङ’ नमिल्दा यातायात व्यवस्था विभागले लकडाउनका बीच नै सम्झौता नसकिदैँ कार्यालय सार्ने सूचना प्रकाशित गरेको र त्यस सन्र्दभमा समाचार बाहिरिएपछि इटहरीका नागरिकहरुले अख्तियारसहित प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा उजुरी गरेका छन् । जेठ ११ गते १५ दिनको समय राखेर घरभाडा सम्बन्धी सूचना प्रकाशित गरेको यातायात कार्यालय व्यक्तिगत स्वार्थका लागि सार्न खोजिएको उजुरीमा उल्लेख छ । मन्त्रालयबाट स्थलगत छानबिन गरी घरभाडा लिने सूचना बदर गर्न समेत माग गरिएको छ ।

ड्राइभिङ स्कुल संघ प्रदेश १ का अध्यक्ष बाबुराम प्रधानका अनुसार प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री अमिरबाबु गुरुङसहित जिल्ला प्रशासन र अख्तियारमा उजुरी गरिएको छ । ‘सबैभन्दा ठूलो कुरा त यातायातको आफ्नै भवन बन्दैछ, केही समयमै सकिन लाग्दा भाडाको भवन सारिनु गलत कदम हो,’ प्रधानले भने, ‘अहिले तत्काल भाडाको भवनमा सार्दा निकै खर्च हुन्छ, व्यक्तिगत स्वार्थका लागि मात्रै भवन सारिन लागेको हो ।’ उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि उजुरी गरिएको छ भने नागरिक समाज इटहरीलाई बोधार्थ लेखिएको छ ।

यसअघि यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतम र कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले ‘सेटिङ’ मा सम्झौता अगावै कार्यालय सार्न खोजिएको स्रोतले बताएको थियो । विवादित कर्मचारीको छवि बनाएका गौतमलाई यसअघि मालपोत कार्यालय धरानमा रहँदा आर्थिक हिनामिना गरेको आरोप समेत लागेको थियो । करीब एक महिना अघि नै घरभाडा सम्बन्धी सूचना निकाल्नुपर्ने व्यवस्था भएपनि यातायात व्यवस्था विभागले जेठ ११ गते सूचना जारी गर्दै १५ दिनभित्र शिलबन्दी दरखास्त उपलब्ध गराउन भनेको समाचार यसअघि बाहिरिएपछि नागरिकहरुले मन्त्रालय र अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

कार्यलयकै संलग्नतामा इटहरी ८ मा टिनको छानो भएको टहरो बनेको र निर्माण इजाजत समेत माग नगरिकन सूचना प्रकाशित गरिनुले कर्मचारीकै संलग्नता हुनसक्ने उजुरीमा उल्लेख छ । मन्त्रालय र अख्तियारले सत्यतथ्य छानबिन माग गर्नका लागि उजुरी गरिएको प्रधानले बताए । कार्यालयले सूचना अगावै भवन खोजिसकेर सूचना प्रकाशित गरेको समेत खुलेको छ । यद्यपि, कार्यालय प्रमुख सापकोटाले भने हालसम्म कोहीसँग सम्झौता नभएको र जो कोहीले पनि मापदण्डअनुसार दरखास्त दिन सकिने बताउँदै आएका छन् ।

यता, नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले भने यातायात र घरधनीबीचको कुरा नै बाझिएको प्रतिक्रिया दिए । उनले भने, ‘यातायातले त्यहाँबाट भवन सार्नका लागि प्रकाशित गरेको सूचना शंकास्पद छ, घरधनीको कुरा पनि बाझिएको अवस्था छ ।’ पहिल्यै एकचरण घर खोजिसकेको सहमति भएर घर सार्न खोजिनुले कर्मचारीको शंकास्पद भूमिका रहेको हुनसक्ने उनले बताए । ‘७८ सालभित्रै भवन हस्तान्तरण गर्ने कुरा पनि आएका कारण हामीले स्थलगत निरीक्षण समेत गरेका छौँ,’ डुम्जनले भने, ‘एकदमै गाह्रो भएपनि ८ महिनाका लागि मात्रै कार्यालय सार्न जरुरी थिएन, तर निरीक्षण गर्दा ठेकदारले कम्तीमा डेढ वर्ष लाग्छ भनेको अवस्था छ ।’

व्यक्तिगत स्वार्थका निम्ति सम्झौता अगावै, आफ्नै भवन निर्माण भइरहेको समयमा कार्यालय पुनः भाडामै सारिनु राज्यको सम्पत्तिको चरम दुरुपयोग हुने अनुमान गर्न सकिने इटहरीबासीको ठम्याईँ छ ।

(Visited 264 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

अनेसास नवरत्न पुरस्कार नौ जना नारीलाई

काठमाडौं । बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

ट्रेन्डिङ

७.५५ प्रतिशतले लगाए खोप

काठमाडौं । हालसम्म कोरोना संक्रमणविरुद्धको खोप लगाउन योग्यमध्ये ७ प्रतिशत बढी नागरिकले खोप लगाएका छन् । सरकारले कुल जनसंख्यामध्ये २ करोड १७ लाख ५६...

भयावह स्थिति सिर्जना हुन नदिऔं

कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको छ । तर देशभर अपनाउनुपर्ने संक्रमण सतर्कतामा निकै लापर्बाही हुँदै गएको देखिन्छ । मानिस स्वेच्छाले चल्न र गतिविधि गर्न...

मुख्यमन्त्रीले गरे आफु बिरुद्ध हस्ताक्षर गर्ने १५ सासंद निलम्बन

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समुहका १५ सांसदलाई निलम्बन गरेका छन् । स्पष्टीकरणको चितोबुझ्दो जवाफ...

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य...

भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनका प्रतिनिधिले मंसिरको दोस्रो साता नेपाल भ्रमणको तयारी गरेका छन् । पछिल्लो समय सीमा विवादका कारण बिग्रेको सम्बन्ध...

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर ।  मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित...

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् । साविक विश्व विजेता फ्रान्सले...

सामाखुशीमा ट्याक्सीमा आगजानी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६स्३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी...

चक्रवात अंपुनको नेपालमा अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै...

नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई जान खोज्ने पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपार्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक...

रामकुमारी झाँक्री रिहा

काठमाडाैं ।  बिहीबार  पक्राउ परेकी नेकपा दाहाल नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले  रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।...

राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजिनामा फिर्ता भएपछि राज्यमन्त्री डा. झाले आजै मन्त्रालय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)