धनगढी । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गर्नुभयो । सभापति देउवाले भने, ‘यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ ।’
सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्रश्नको जवाफमा उहाँले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उनले भने, ‘यसमा विरोध गरिनु हुँदैन ।’ सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।
तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)






