अन्तिम खेलमा अस्ट्रेलियालाई रोक्ने लक्ष्य

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको छनोटको अन्तिम खेलमा शुक्रबार विश्वकपको अनुभव बटुलिसकेको अस्ट्रेलियासँग खेल्दै छ । खेल कुवेत सिटीस्थित जावेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

एसियाली पावरहाउस अस्ट्रेलियाविरुद्ध मैदान उत्रदा नेपाल अस्ट्रेलियालाई रोक्ने लक्ष्यमा हुनेछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् । ‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजाभन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केही परिवर्तन भएको छ ।

नेपाल एकदम मिहिनेती टोली हो । म आफ्नो टोलीका खेलाडीले नेपालविरुद्ध धेरै कुदेर मिहिनेत गर्ने अपेक्षा राख्दछु
– प्रशिक्षक ग्राहम आर्नोल्ड (अस्ट्रेलिया)

हामीले आफ्नो खेल्ने शैलीमा केही परिवर्तन गरेका थियौं । त्यसको नतिजा देखिएको छ ।’ यस्तै प्रशिक्षक अलमुताइरीले छोटो समयमा नै नतिजा’bout सोच्न सहज नहुने बताए । ‘नतिजा पनि महŒवपूर्ण हुन्छ तर छोटो समयमा हामीले समर्थकलाई खुसी दिन सकेका छौं । हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने, ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपका लागि हाम्रो मुख्य तयारी हो । त्यसका लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ ।’

प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केही युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् । गोलरक्षकद्वय दीप कार्की र विशाल सुनारसँगै कमल थापा, सुरज ज्यु ठकुरी र आयुष घलान पहिलोपटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् ।

‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरूले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्कोस्तरमा लग्नुपर्छ । अस्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन तर उनीहरूले आफूलाई यस्तै परिस्थितिमा परीक्षण गर्न जरुरी पनि छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्त बुझ्दो थिएन । गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।

यता, अस्ट्रेलिया पनि समूहमा शतप्रतिशत जित निकाल्दै समूहमा अपराजित रहने लक्ष्यमा हुनेछ । समूह ‘बी’ मा अस्ट्रेलियाले सबै ५ खेलमा जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थानमा रहँदा नेपालले दुई खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । दुवै खेलमा नेपालले चाइनिज ताइपेईलाई समान २–० ले पराजित गरेको थियो । बाँकी चार खेलमा हार बेहोरेको थियो ।

नेपाललाई पराजित गरे अस्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको औंल्याउँदै खेलका लागि टोली तयार रहेको बताएका छन् । प्रशिक्षक आर्नोल्डले नेपाल मिहिनेती टोली भएकाले आफ्नो खेलाडीबाट थप मिहिनेतको अपेक्षा गरेको बताए । ‘हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ ।

नेपाल एकदम मिहिनेती टोली हो । म आफ्नो टोलीका खेलाडीले नेपालविरुद्ध धेरै कुदेर मिहिनेत गर्ने अपेक्षा राख्दछु,’ उनले भने, ‘हामीसँग टोलीमा एकदम राम्रो वातावरण सिर्जना भएको छ । सबै जना उत्साहित छन् । हामी प्रत्यक खेललाई हेर्दै अघि बढेका छौं र अब नेपालको सामना गर्न तयार छौं । ‘अस्ट्रेलियन प्रशिक्षकले ताइपेईविरुद्ध खेलेको टोलीबाट केही परिवर्तन हुने जानकारी दिए ।

‘हामीले २९ खेलाडी टोलीमा ल्याएका थियौं र त्यसमा ४ गोलरक्षक पनि छन् । टोलीमा पछिल्लो खेलबाट पक्कै केही परिवर्तन हुन्छ । नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिए पनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ । नेपाल यसअघि पहिलो खेलमा ५–० ले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

चाइनाबजारको शुभारम्भ साउन १३ गते