सातामै ८३ अर्बको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामै ८३ अर्बको सेयर कारोबार भएको छ । कारोबार रकमले निकै फड्को मारेको सेयर बजारमा बजार पुँजीकरण करिब ४१ खर्ब पुगेको छ ।

२ सय ३५ कम्पनीको कारोबार भएको बजारमा ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७ सय ६७ रूपैयाँ बराबरका १७ करोड ५ लाख ९० हजार ६ सय ४३ कित्ता सेयर कारोबार भएका छन् । गत साता २ सय ३१ कम्पनीको कारोबार भएको बजारमा ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार २ सय ९८ रूपैयाँ बराबरका १५ करोड ६ लाख १२ हजार ७ सय ३८ कित्ता सेयर कारोबार भएका थिए । साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ४० खर्ब ९२ अर्ब ८ करोड ६ लाख ५० हजार पुगेको छ ।

पैसा कहाँबाट आयो भनेर शंकाको दृष्टिले नहेरौं बजार अझै सुधार हुन्छ : छोटेलाल रौनियर

कुनै समय मुस्किलले एक अर्बको कारोबार हुने बजारमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ उचाइमा बजार पुगेको छ । गत साता ६७ अर्बको कारोबार भएको बजारमा यस साता भने कारोबार रकम करिब १ खर्ब नजिक पुगेको हो । सहज तरलता, सस्तो ब्याजदर र कारोना भाइरसको प्रभाव कम गर्न गरिएको निषेधाज्ञाका कारण सानाठूला, नयाँ र पुराना सबैथरीका लगानीकर्ता सेयर बजारमा लगानी गरिरहेकाले कारोबार र बजार दुवैमा सुधार आएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

‘सेयर बजारमा लगानी भित्रिदा संकाको दृष्टिकोणले हेर्ने गरिन्छ तर अहिले संकाको दृष्टिले हेर्ने अवस्था छैन र नहेरौं,’ रौनियारले भने ३० लाख डिम्याट खाता भएका छन् । ७ लाख टीएमएसमा आबद्ध भएका छन् । ६० लाख विदेशमा काम गरिरहेका नेपाली श्रमिकसमेत आईपीएसमा आबद्ध भएर टीएमएसमार्फत सेयर कारोबार गरिरहेका छन् । त्यसैले बजारमा पैसा आएको हो ।’

अनलाइन प्रणालीको विकासले देश–विदेशमा रहेका लगानीकर्तालाई कारोबार गर्न सहज हुँदा यस साताको बजारमा उच्च कारोबार भएको छ । कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण यतिबेला अन्य आर्थिक गतिविधि ठप्प भए तापनि सेयर बजारमा भने घरमै बसेर अनलाईन मार्फत सेयर कारोबार भइरहेको छ । अन्य लगानीका क्षेत्र खुम्चिदाँ अन्य क्षेत्रको लगानीसमेत सेयर बजारमा प्रवेश गरेका कारण बजारमा उत्साहजनक कारोबार हुँने गरेको अध्यक्ष रौनियारले बताए । सरकारको विकास खर्च अझै बाँकी रहेकोले बजारमा पैसा आउन बाँकी रहेको उनी बताउँछन् ।

साताको पाँच दिन कारोबार भएको बजारमा साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको थियो । साताभर तीन दिन घटेको सेयर बजार दुई दिन बढेको थियो । पहिलो दिन आइतबार दुई हजार ८५६ दशमलव ७६ को बिन्दुबाट सुरु भएको नेप्से सूचक ५० दशमलव १३ अंकले बढेर २ हजार ९०६ दशमलव ८९ कोे बिन्दुमा आइपुगेको थियो । त्यसयता सोमबार ० दशमलव २१ अंकको सामान्उ करेक्सन आएको थियो । मंगलबार फेरि ५३ दशमलव ४४ अंकले बढेको बजारमा बुधबार र बिहिबार सामान्य घटेको थियो । सूचक बुधबार १३ दशमलव ५६ अंकले र अन्तिम दिन बिहीबार एक दशमलव ८० अंकले घटेर २ हजार ९४४ दशमलव ७८ को बिन्दुमा आइपुगेको छ । लगानीकर्ताको बजारप्रतिको लगावले ३ हजारको ऐतिहासिक बिन्दु पार गरेर फर्किएको नेप्से सूचक साताभर ८८ दशमलव १० अंकले बढेको छ ।

सबैभन्दा बढी सेयर कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ भने २२ वटा कम्पनीको साताभर १ अर्ब बढीको कारोबार भएको छ । यस साता तीनवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालको २० लाख १० हजार कित्ता बोनस सेयर, सीईडीबी हाइड्रोपावर कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता प्राथमिक सेयर र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८८ अंकले बढेर ५२७ दशमलव ८८ को बिन्दुमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम