जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता रफाइल नडाललाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नडाललाई ३–६, ६–३, ७–६ र ६–२ को सेटमा पराजित गरे । क्ले कोर्टको सम्राट मानिने नडालमाथि जित निकाल्न जोकोभिचले ४ घण्टा बढी समय कोर्टमा खर्चिए ।

हारसँगै नडालको भने कीर्तिमानी २१ औं ग्राण्ड स्लाम जित्ने संभावना तत्कालका लागि टरेको छ । नडाल १३ पटकको फ्रेन्च ओपन च्याम्पियन हुन् ।

जोकोभिचले एक पटक उपाधि जितेका छन् । अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सीपाससँग खेल्ने छन् । सेमिफाईनलमा जर्मनीका एलेक्जेन्डर भेरेभलाई हराउँदै सित्सीपास फाइनलमा पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम