Monday, August 2, 2021
Homeप्रदेशसमाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो । यसरी रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख पशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश गरेको थियो । सो रकम हराएको सन्दर्भमा गाउँपालिकाले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टी हुन्छ ।

तर, आफ्नो पालिकाबाट रकम हराएपछि सो सम्बन्धी समाचार प्रकाशन प्रशारण गरेकै कारण गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले सचारमाध्यम र पत्रकारलाई धम्की दिएका छन् । गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर हामीलाई लागेको छ ।’

प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन संघीय सरकार समक्ष संघले माग गरेको छ ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

साताका लोकप्रिय समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

ट्रेन्डिङ

दोहा बैंकले २० लाख रियाल सहयोग दिने

काठमाडौं । कामदारलाई खाद्यान्न उपलब्ध गराउन दोहा बैंकले २० लाख रियाल सहयोग गर्ने भएको छ । कतारको सनैया क्षेत्रमा क्वारेन्टाइनमा निगरानीमा राखिएका कामदारको खाना...

सर्जकचाहिँ ओझेलमै !

  केही मानिस चिया चुस्कीसँगै गीत संगीतको आन्नद लिइरहेका छन् । यसबीच कसैले प्रश्न ग-याे ‘फलानो गीत कसको हो र ?’ उत्तरमा, ‘फलानो गायकगायिकाको, कस्तो मीठो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)