Tuesday, August 3, 2021
Homeबिचारकोभिडको मौका छोप्दै कालो ढुसी

कोभिडको मौका छोप्दै कालो ढुसी

डा. प्रकाश बुढाथोकी,
sharethis

 

२० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका रूपमा फैलिरहेको सार्स कोभिड २ को नयाँ भेरियन्ट बी १.६१७.२ लाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपत्ति जनाउँदै आएको थियो । त्यसो त जुन देशमा पत्ता लाग्यो त्यही देशसँग जोडेर यूके, ब्राजिल, दक्षिण अफ्रिकी भेरियन्ट भन्न थालेको केही महिना भइसकेको थियो । पहिलोपटक कोभिड–१९ चीनको वुहानमा फैलिँदा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमै चिनियाँ भाइरस भनेपछि चीन सरकारले पनि कडा आपत्ति जनाएको थियो ।

बेलायती स्ट्रेन बी १.१.७ अर्थात् अल्फा, ७० गुणा छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आवश्यकता बढी पर्ने छ । अफ्रिकन स्ट्रेन बी १.३५१ अर्थात् बिटा दोब्बर संक्रामक, उपलब्ध खोप निष्क्रियता र घातक छ । बेलायती स्ट्रेन नेपालमा प्री स्कुलका तीन वर्षको विद्यार्थीमा समेत देखिएको छ । नेपालमा सबै उमेरका लागि जोखिमपूर्ण थप २ भेरियन्ट जेठ ४ गते पुष्टि भएका छन् । जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा डबल म्युटेन्ट—बी १.६१७.२ लाई डेल्टा र ३ प्रतिशतमा ट्रिपल म्युटेन्ट— बी १.६१७.१ कप्पा देखिएको थियो । नया“ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण देखिएका छन् । पहिलाको भन्दा अत्यन्तै तीव्र गतिमा फैलन सक्ने, बालबालिकामा पनि युवामा जस्तै सर्न सक्ने देखिएको छ । शरीरमा बनेको संक्रमण वा खोपले बनेको एन्टिबडीले काम गर्न सक्दैन । भाइरल लोड अत्यधिक छ, जटिलता धेरै छन् । नेपालमा हाल जति परीक्षणमा पुष्टि भएका छन् त्यसको पाँच गुणा बढी देशमा रहने गरेको विगतको सेरो प्री भेलेन्सले देखाएको छ ।

म्युकोरमाइकोसिस एक गम्भीर तर दुर्लभ अवसरवादी फंगसको संक्रमण हो

कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीबाट संक्रमण हुन सक्छ

नयाँ नामकरण

विश्व स्वास्थ्य संगठनले सोमबार एक विशेषज्ञ समूहसँगको छलफलमा सजिलै उच्चारण र गैरकलंकित संकेत नाम प्रयोग गर्न सिफारिस गरेको हो । देशको नाम उच्चारण गर्दा सम्बन्धित देशको प्रतिष्ठामाथि आ“च आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बिटा, गामाजस्ता गैरवैज्ञानिक समूह वा स्रोता तथा दर्शकलाई छलफल गर्न सजिलो र अधिक व्यावहारिक हुने अक्षर प्रयोग गर्न सिफारिस गरेको छ ।

प्राणघातक कालो ढुसी

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितमा एकापट्टिको मुख सुन्निने, आ“खा सुन्निने, नाकबाट रगत आऊने, आ“खा वरिपरिको भागमा कालो डाम बस्नेजस्ता समस्या देखिरहेको समाचार आयो । वैशाख तेस्रो सातातिर वीरगन्जबाट सुरु भएको कालो ढुसीको संक्रमण हाल देशैभर फैलिसकेको छ सयांै संक्रमण र दर्जनांै मृत्यृ भइसकेको छ । कोभिड महामारीमा पहिले तराई मधेसमा यो संक्रमणको उपचार गराउनेहरू बढी देखिने गरेकामा हाल राजधानीमा समेत देखिँदै छ । नेपालगन्जमा संक्रमितको ३ सातापछि नाक र पिनासमा संक्रमण भएपछि पहिलो जेठ ९ गते शल्यक्रिया भएको थियो । जेठ ११ गते संक्रमणको १० दिनपछि नाक र पिनासमा कालो ढुसीको संक्रमणको उपचार भएको थियो । त्रिवि शिक्षण अस्पतालमा भर्नारत तीन सबैको समयमा शल्यक्रिया गर्दा आ“खा झिक्न परेन । वीर अस्पतालमा पनि संक्रमितको आ“खाको दृष्टिसमेत सन्देहमा पार्दै शल्यक्रिया भयो । कोरोनाबाट बचेर अर्थात् निको भइसक्नेबेला ढुसीको संक्रमणले ज्यानै लिन सक्छ ।

म्युकोरमाइकोसिस

म्युकोरमाइकोसिस एक गम्भीर तर दुर्लभ अवसरवादी फंगसको संक्रमण हो । रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमजोर भएका बिरामी जोखिममा छन् । यस्तो समस्या बढी मधुमेहीमा छ, स्टेरोइडले सुगर अत्यधिक बढ्नाले फंगल संक्रमण देखिएको अनुमान छ । कोरोना संक्रमितको चिसो अक्सिजनको सहयोगमा पहिलो ६ हप्ताको उपचारमा जोखिम रहन्छ र त्यसैमा अनियन्त्रित सुगरले थप जोखिम बढाएको देखिन्छ । प्रतिरक्षा कमजोर भएका मधुमेही, एचआईभी, प्रतिरक्षा प्रणाली कमजोर बनाउने औषधि, कोभिडका गम्भीर बिरामीमा एन्टिभाइरलदेखि स्टेरोइडसम्म कडा औषधि चलाइँदा जसले सुगर बढाउँछ ।

अक्सिजनको माग बढिरहेका बेला औद्योगिक अक्सिजन प्रयोग भइरहेकाले संक्रमण फैलिएको बताउन थालिँदै छ किनभने स्टेरोइड त सयांै वर्ष पहिलेदेखि प्रयोगमा छन् । कोरोनाको दोस्रो लहर सामना गरिसकेका बेलायत, अमेरिका, इटाली, चीन, स्पेनलगायतका मुलुकमा भने कालो ढुसीको कुनै समस्या देखिएको थिएन तर खतरनाक भेरियन्ट भारतमा फैलिएपछि महामारीकै सूचीमा सूचीकृत हुनेगरी फैलिएको छ । केस रिर्पाेट गर्नपर्ने बनाइएको छ ।

लक्षण

सामान्यतः माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर नामक ढुसीसँगको संसर्गबाट सर्छ । संक्रमित जोगाउन शल्यक्रिया गरी आँखा फाल्नुपर्ने, मृत्यृदर ५० प्रतिशत भएको यो रोगबाट भारतमा हजारांै संक्रमित भइसकेका छन् । समयमै राम्रो उपचार नपाए मृत्यृदर ९४ प्रतिशतसम्म पुग्न सक्छ । कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट संक्रमण हुन सक्छ । कोभिडभन्दा बढी चुनौतीपूर्ण बनेको छ ।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने ४५ देखि ६५ उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, क्यान्सरका उपचाररत र धेरै खाले एन्टिबायोटिक वा स्टेरोइड औषधि सेवन गरिरहेकालाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।

बिरामीमा सामान्यतया मुख वा तालुको माथि कालो धब्बा, नाक भरिएका र नाक बग्ने, नाक वरिपरि छालामा कालो धब्बा लक्षणका साथै आँखाको दुखाइ, सुजन, परेलाको झुकाइ र धमिलो र अन्तमा दृष्टि गुम्ने गर्छ । आ“खाको नसाको माध्यमबाट मस्तिष्कमा पुगेपछि धेरै समस्या हुने गर्छ । रोग नयाँ होइन । सामान्यत प्रतिरोधी क्षमतामा असर गर्ने औषधि प्रयोग गरिरहेकालाई बढी सताइरहेको छ । संक्रमणले नाक, आ“खा, साइनस, मस्तिष्क वा फोक्सोलाई असर गर्छ । कोभिड संक्रमण निको भएका व्यक्तिमा म्युकोर्मिकोसिस सामान्य बन्न थालेको छ ।

व्यवस्थापन

कल्चर गरी तीन/चार सातामा रिर्पाेट आउन सक्छ, तथापि ल्याबमा निदान गर्न सकिने जनशक्ति र पूर्वाधार नेपालमा छैन । छिटो समयमै फैलने भएकाले उपचारका लागि पहिलो विकल्प छोटो समयमै शल्यक्रिया हो । उपचारमा प्रयोग हुने एक सुई लाइपोजोमल एमफोटेरिसीन बी र डिस्चार्जपछि खाने अर्काे औषधि पोसाकोनाजोल हो । बजारमा औषधि अभाव भएपछि नेपाल सरकारले विश्व स्वास्थ्य संगठनबाट १ हजार, खरिद २ हजार गरिसकेको छ भने खरिद तयारी १० हजारको छ । त्यसो त एम्फोटेरिसीन बी कालाजारमा पनि प्रयोग गरिन्छ । औषधि नेपालमा अभाव भएपछि भारतबाट ल्याउनुपरेको छ । भारतमा प्रतिभायल ५ हजार पर्ने उक्त औषधि शल्यक्रिया र सम्पूर्ण उपचारमा १ सय भायलसम्म अर्थात् ८ लाख नेपाली रुपैयाँ लाग्न सक्छ भने अब कति नेपालीले किन्न सक्छन् त ?

बचावट

रोकथामका लागि सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेवल मास्कको पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत स्वच्छतामा ध्यान दिने, घरबाहिर वा फोहोरमा काम गर्नुपरे डिस्पोजेबल पन्जाको प्रयोग गर्नपर्छ । धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने, पोभिडिन आयोडिन भएको तरल पदार्थले घा“टी र मुख कुल्ला गर्नुपर्छ । त्यस्तै, जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने, सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्नेगर्नुपर्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

साताका लोकप्रिय समाचार

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

एलेक्स शाहद्वारा राष्ट्रिय कीर्तिमान, पहिलो हिटमा प्रथम

काठमाडौं । नेपाली खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुदै राष्ट्रिय किर्तिमान कायम गरेका छन् । टोकियो एक्वाटिक्स सेन्टरमा भएको पुरुष...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

ट्रेन्डिङ

रुझ्दै, भिज्दै र ओत लागेर हिँड्नेका दुःख (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमण नभएको भए शायद यति खेर काठमाडौंका सडकमा दसैंको चहल पहल सुरु भैसक्थ्यो । संक्रमणका बाबजुत पनि पाँच महिनाको लकडाउनपछि शहर...

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूवी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)