‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन । किर्तिपुरमा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेकी शर्मिला अधिकारी फरक कुरा गर्छिन् ‘किसान आफैं पनि सचेत हुनुपर्छ । मज्जाले पाइन्छ अनुदान ।’

७ रोपनी जमिनमा १० लाख रुपैयाँ लगानी गरेर कृषि फर्म सुरु गरेकी शर्मिला अहिले एकै सिजनमा ७ लाख रुपैँया सम्म कमाई गर्छिन् । ‘७ रोपनीमा जमिनमा ३ लाख लगानी गर्दा आरामसँग एक सिजन ७ लाखसम्म आम्दानी गर्न सकिँदो रहेछ ।’ शर्मिलाले भनिन् ।

बैदेशिक रोजगारमा गएकी शर्मिला विदेशवाट फर्केपछि कृषि उद्यममा लागेकी थिइन् । ‘विदेशमै जस्तो मेहनेत स्वदेशमा पनि गर्ने हो भने खेती गरेर नेपालमा पनि कमाइन्छ ।’ उनले भनिन् ।

शिक्षित व्यक्ति कृषिमा नलाग्ने प्रवृत्तिले पनि नेपलमा कृषि व्यवसायिक हुन नसकेको उनको भनाई छ । किसान आफैं सचेत हुने हो भने राम्रै फाइदा हुने उनको भनाई छ । ‘किसान सचेत र शिक्षित हुने हो भने अनुदान पनि राम्रै पाइन्छ ।’ उनले भनिन् ।

सरकारले दिएको सूचना अनुसार किसानले आफ्नाे कागज पत्र बुझाउने हो भने सरकारी अनुदान लिन कुनै समस्या नभएको उनको भनाई छ । ‘किसान आफै सचेत छैनन् अनि पाइएन भनेर गुनासो गर्छन् ।’ शर्मिलाले भनिन् ‘म कृषि पेशामा लागेको ७ वर्ष भयो । मैले सरकारले भने अनुसारको कागज पत्र बुझाएर सरकारले दिनु कृषि अनुदान र सेवा पनि लिएकी छु ।

उद्यमी किसान भन्छिन् ‘कुटो लिएर माटो खनेर मात्रै अनुदान पाइदैन, सम्बन्धित कार्यालयमा कागजपत्र लिएर जानुपर्छ ’

उनले २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारबाट फर्की नेपालमा उत्पादन तथा रोजगारीमुलक उद्यम व्यवसाय गरेको भन्दै ५० हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार र सम्मान पत्र पाएकी थिइन् । अर्को वर्ष २०७७ मा कृषि उद्यम क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भनेर राष्ट्रिय युवा तथा खेलकुल मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान पत्र र १ लाख नगद रुपैयाँ सहित पुरस्कार दियो ।

यस्तै अन्य थुप्रै सम्मान र पुरस्कार पनि पाएकी छिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल असल कृषि अभ्यास सम्बन्धि अभिमुखिकरण तालिमको प्रमाणपत्र पनि दिएकाले कृषिमा अघि बढ्न थप हौषला मिलेको उनको भनाई छ ।
यो सब हुनका लागि किसान आफैं सचेत र जागरुक हुनुपर्ने उनको भनाई छ । ‘किसानलाई खेतमै आएर कसैले अनुदान दिँदैन सरकारी अनुदान र सुविधाका लागि तोकिएको मापदण्ड अनुसार किसान पुग्नैपर्छ ।’ शर्मिलाले भनिन् । किसानले आफ्ना कागजपत्र नबुझाएकै कारण कतिपय अवस्थामा विचौलियाले नक्कली फारम र कागज पेश गरेर अनुदान लिएको उनले बुझेकी छिन् ।

मुलुकमा कोरोना महामारी सुरु भएपछि सरकारले तरकारी ओसार परास विक्री विरतणमा पनि समस्या तेस्याइदियो । धेरै किसानले बारीमा तरकारी कुहाए भने बागमती प्रदेशका केही किसान बागमति प्रदेशको भुमि, व्यवस्था तथा कृषि शहकारी मन्त्रालय अन्तरगतको कृषिज्ञान केन्द्र ललितपुरमा पुगे । कार्यालयले कृषि उद्यमी परिचय पत्र बनाइ दियो । परिचयपत्र लिएकी शर्मिला भन्छिन् ‘त्यो परिचयपत्र भएपछि आफ्नाे उत्पादन बजार पुर्याउन कुनै समस्या भएन । सोही परिचयपत्रले बाली लगाउन, विउ विजन ल्याउन पनि सजिलो भएको उनको भनाई छ ।

उनी ७ वर्ष खाडी मुलुक दुबईमा बसेर काम गरेपछि स्वदेश फर्किएर कृषिमा लागेकी हुन् । किर्तिपुरबाट कृषि कर्म सुरु गरेको भएपनि अहिले उनले आफ्नै जन्मस्थान भोजपुरमा पनि कृषि व्यवसाय सुरु गरेकी छन् ।े भोजपुरमा समेत २ सय ५० रोपनीमा व्यवसाय कृषि खेती गर्दै आएको बताइन् । उनका अनुसार भोजपुरमा व्यवसायिक कृषि फार्म सुरु गर्दा ५ लाख रुपैयाँ लगानी भएको थियो । अहिले खेती गर्न थालेको ४ वर्ष भयो २ करोड सम्मको सम्पत्ती जोडिसकेको उनले बताइन् । भोजपुरमा सबै खर्च कटाएर वार्षिक ३० लाख रुपैयाँ सम्मको आम्दानी हुने गरेको उनले बताइन् ।

श्रीमान र परिवारका सदस्यको साथले छोटो समयमा सफल कृषि उद्यमी बन्न सफल भएको उनको भनाई छ । उनले किर्तिपुरको ७ रोपनीका सिजनेबल तरकारी लगाएकी छिन् । भोजपुरको कृषि फार्ममा गाई, भौसी, ब्राखा फलपूmल किवी एबोकार्ड, अलौचि, अदुवा, बेसार, अम्लीसो, टिमुर लगायतका जडिबुटी समेतको खेती गरेको बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्तरगतको कृषिको जोन कार्यक्रमबाट १ सय ४० रोपनी जग्गामा अलौची खेत गर्न २० लाख रुपैयाँ अनुदान सरकारले दिएको बताइन् । सो अनुदान २ वर्षको लागि रहेको उनले बताइन् ।

उनको कृषि फार्ममा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरुलाई खाना बस्न दिएर क्षमता र कामका आधारमा १५ हजार देखि २० हजार सम्म पारिश्रमिक दिने गरेकी बताउछिन् । ‘अब मेरो कृषि फार्ममा काम गर्ने कर्मचारीलाई पनि अन्य कम्पनीमा काम गर्ने कर्मचारीको जस्तो गौरव महसुस हुने गरी सुविधा दिने योजना बनाएकी छु ।’ उनले भनिन् ‘कृषि फार्ममा काम गर्ने कर्मचारीले पनि गौरबका साथ भनुन् म यो कृषि फार्ममा काम गर्दै छु ।’

आफ्नो कृषि फारममा काम गर्ने कर्मचारीलाई अहिले पनि दशै पेश्की दिने गरेकी शर्मिलाले लामो समय काम गर्नेलाई पेन्सन दिने योजना बनाएको सुनाइन् ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु