Sunday, August 1, 2021
HomeBreaking Newsभालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

श्रीकृष्ण सिग्देल,
sharethis

 

स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अबरुद्ध भएको हो । गतबर्ष देखि मापदण्डविना भालुपहाडमा राजमार्ग फराकिलो बनाउन खनिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले राति २ बजे ठूलो पहिरो गएको बताए । पहिरो गएपछि राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।

भालुपहाडमा नयाँबर्ष शुरु भएयता दुईपटक ठुलो पहिरो गइसकेको छ । अझै बर्षायाममा ठुलो समस्या हुने देखिएको बताइएको छ । अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएको छ । बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ । बिना मापदण्ड सडक चौडा बनाउने नाममा राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको यातायात व्यवसायीहरु बताउछन् । आउने बर्षाद्मा भालुपहाडको पहिरो पाल्पाको सिद्धबाबा जस्तै बन्ने त होइन भन्ने चिन्तामा स्याजावासी रहेका छन् । शनिवार रातीदेखि परेको अबिरल बर्षाले भालुपहाड बाहेक अहिले सम्म कुनै बिपद्को अप्रिय घट्ना भने नभएको प्रहरीले जनाएको छ ।

(Visited 115 times, 2 visits today)
Loading comments...

आजको समाचार

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

‘यो मायाको सागर’ ले यसरी गर्यो १२ भन्दा बढी युवतीको मानमर्दन

खोटाङ । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड...

१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, तलब २ लाख रुपैयाँ

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका...

ट्रेन्डिङ

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी...

सुनकोसी गाउँपालिका धुसेनीमा पहिरो, तीन घर पुरियाे

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ६ थुम्पाखर को धुसेनी मा गए राती भीषण पहिरो जादा तीन घर पुरिएको छ।मानवीय क्षेती नभए पनि कम्तीमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)