युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको हो । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई विजयी गराउन रहिम स्टलिङले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उता समुह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ को प्रभावशाली जीत निकाल्यो । खेलमा सबै गोल मध्यान्तरपछि भएका हुन् । नेदरल्यान्डका लागि जर्जिनो विन्डालडमले ५२ औं, वाट विगहोरेस्टले ५८ औं र डेनजेल डुमफ्रिसले ८५ औं मिनेटमा गोल गरेका थिए । यस्तै युक्रेनका लागि एन्ड्री यारमोलेन्कोले ७५ औं र रोमन यारिमचुकले ७९ औं मिनेटमा गोल गरेका थिए ।

अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ३–१ ले पराजित ग¥यो । अस्ट्रेलियाका लागि स्टेफिन लाएनरले १८ औं, माइकल जर्जरिष्टले ७८ औं र मार्को अर्नाओटुभिकले ८९ औं मिनेटमा गोल गरेका थिए । नर्थ मेसेडोनियाका लागि एक मात्र गोल गोरारी पानदेवले खेलको २८ औं मिनेटमा गरेका थिए ।

युरोपका विभिन्न ११ शहरमा भईरहेको युरोकप फुटबलमा आज पनि तिन खेल हुनेछन् ।

आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे पोल्याण्ड र स्लोभाकिया भिड्दा राती पौने १ बजे स्पेनले स्विडेनसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह