Tuesday, August 3, 2021
Homeबिचारखोप अभियानमा गति देऊ

खोप अभियानमा गति देऊ

राजधानी समाचारदाता,
sharethis

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन् । पहिलो लहरदेखि दोस्रो लहरसम्म आइपुग्दा खोप पर्खाइमै लामो समय गुज्रिसकेको छ । यसबीचमा जनस्वास्थ्यलाई केन्द्रमा राखेर सबै काम अघि बढाइने र तीनै तहका सरकार यसमा क्रियाशील रहने भनिए पनि खोप अभियानले गति लिन भने सकेन । प्राथमिक रोकथामका उपाय अपनाउनु त अहिलेको मुख्य आवश्यकता हो नै तथापि विभिन्न स्वरूपमा नयाँनयाँ भेरियन्टका महामारी देखापरिरहेकाले जनसाधारणमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि पनि खोप नभई नहुने अति आवश्यक कुराका रूपमा प्राथमिकतामा पर्न गएको छ । सर्वसाधारण पनि खोपकै प्रतीक्षामा छन् । र, उनीहरू खोपले मात्र ज्यान बचाउन मद्दत गर्ने भरोसामा देखिन्छन् । जनतामा पहिलेभन्दा स्वास्थ्य सुरक्षासम्बन्धी सचेतनाका क्रियाकलाप धेरै देखिए पनि महामारीे विभिन्न रूपमा देखापर्दा खोप नै एक मात्र विकल्प बन्न पुगेको देखिन्छ । जनसाधारणको मनोविज्ञान पनि त्यहीअनुरूप बन्न गएको छ । त्यसैले, खोप अभियान अलि व्यापक बनाउन सरकारले त्यसलाई राष्ट्रिय गौरवका आयोजनाभन्दा अलि बढी नै प्राथमिकता दिनुपर्ने देखिन्छ ।

शरीरमा प्रतिरोधात्मक क्षमता विकास नहुँदा महामारीको भेरियन्टअनुसार धेरै मानिस दोस्रो लहरबाट संक्रमित हुन पुगेका छन् । प्राथमिक रोकथामका उपाय व्यावहारिक रूपमा पनि पहिलो रहरभन्दा दोस्रोलहरमा कुनै मानेमा कमी छैनन् । बरु गुणात्मक रूपमा यसलाई आत्मसात् गरेको देखिन्छ । तथापि, महामारीको दोस्रो लहरले सोचेभन्दा बढीमा संक्रमण गर्ने र ज्यान लिने गरिरहेको छ । त्यसैले महामारीका नियन्त्रणका लागि खोप अभियान पनि अगाडि बढाइएको छ । व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि पनि पहुँच हुने र आफैं उपचार गर्न सक्नेहरूले खोपका अतिरिक्त वैकल्पिक औषधि पनि प्रयोग गरिरहेका छन् । खाने औषधिहरू पनि प्रयोग गरिरहेका छन् । छिमेकी तथा अन्य मित्र देशबाट सहयोग पनि प्राप्त भइरहेको छ । सरकार र सम्बन्धित निकायहरूले पनि पहल गरिरहेका छन् । तर, पनि समग्रमा अपेक्षाअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन । यसले धेरैलाई चिन्तित बनाएको छ । साथै, अभियान तीव्र बनाउन नसकेकाले सरकारले यसबारे पुनर्मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

विश्वभरि महामारीविरुद्धको खोप अभियान सहज र सुलभ हुँदै जाँदा नेपालले भने लय लिन नसक्नुका कारण खोजी गरिनु जरुरी भएको छ । सहयोग स्वरूप प्राप्त खोपका अतिरिक्त सरकार सम्झौता गरेअनुरूप खोप भिœयाउन ढिलाइ गर्नुहुँदैन । जनताको स्वास्थ्यभन्दा ठूलो कुरा अरू हुनै सक्दैन । यसैले पनि स्वास्थ्यसँग सम्बन्धित निकायले पनि बेलैमा सचेत, क्रियाशील, प्रयोगात्मक र नतिजामुखी हुनु जरुरी छ । प्रचार, स्रोत र नीति, योजना मात्र आफैंमा पर्याप्त हुँदैन । यसलाई कार्यान्वयनको सिंगो पाटो जरुरी पर्छ । पछिल्लो समयमा देखिएको दोस्रो लहरले उमेरको सीमारेखा पनि क्रस गरिदिएकाले अब खोप आमसर्वसाधारणका लागि सर्वसुलभ बनाउन जरुरी हुन गएको छ । यसैबीच, स्वास्थ्य बजारमा तेस्रो लहर देखिन सक्ने हल्ला पनि तीव्र रूपमा चलेको छ । यस्तो बेलामा खोपलाई व्यापक बनाउनुको विकल्प छैन ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

साताका लोकप्रिय समाचार

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

जयसिंह धामी तुइनमा चढेपछि एसएसबीले डोरी काटिदिए, धामी महाकालीमा बेपत्ता

धनगढी । दार्चुला–भारत जोड्ने दार्चुलाको ब्याँस गाउँपालिका–२ मालमा रहेको तुइँन चढेर महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइँन काटिँदा...

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ...

ट्रेन्डिङ

शिल्पा पनि सेरोगेसी आमा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठीले दोस्रो सन्तान सेरोगेसी माध्यमबाट अपनाएकी छन् । उनको एक छोरी यसअघि नै भइसकेको छ । शिल्पाका श्रीमान् कुन्द्रा...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था भेटिए

लन्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । गत शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)