Monday, August 2, 2021
Homeबिचारजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

डा. जनार्दन पन्थी,
sharethis

गतिशीलता नै गतिको सर्वमान्य गुण हो । गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्नेहुन्छ । कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ जब त्यो गतिको एक एक तत्वहरू सूक्ष्म रूपमा अध्ययन गरिन्छ । आफूखुसी यो गतिशीलतालाई विछिन्न अवस्थामा पु-याउँदा ठूलाठूला समस्या र घटना जन्मेका हामी देख्छौं । यसको सानो उदाहरण हो कछुवा र खरायोे दौड प्रतियोगिता ।

खरायो र कछुवा मिलेर बसेका थिए । तर, पनि खरायोले कछुवालाई सधैं होच्याउने व्यवहार गथ्र्याे । खरायो र कछुवाले निश्चित दूरी कसले पहिला पार गर्नेबारे बाजी राख्छन् । खरायो आफू छिटो दगुर्न सक्ने र आफू विजयी हुने कुरामा दृढ थियो । खरायो र कछुवा दौडमा सहभागी भए । खरायो घमण्डका साथ अघिअघि दौडियो र बीच बाटोमा आराम गर्दा निदायो । तर, कछुवा आफ्नै गतिमा सो निश्चित दूरी खरायोले भन्दा पहिले पार ग-यो । विजयी भयो । जब खरायो निद्राबाट ब्युँझियो तब उसको घमण्ड चकनाचुर भयो । खरायोले गतिको निरन्तरतामा सुतेर अवरुद्ध ग¥यो । यही नै उसको गल्ती थियो ।

मान्छेहरूका इच्छाबाट जन्मने अनगिन्ती विचारहरू सदैव निरन्तर रूपमा हिँडिरहेको हुन्छ । यही गतिले ऐतिहासिक गतिलाई भेटाउन पुग्छ । गतिका नियम बुझ्नु नै इतिहासकारको मुख्य लक्ष्य हो । गतिका यी नियमलाई स्वतन्त्र रूपले निष्कर्षमा पु-याउनुको साटो हाम्रो बुद्धिले आफूखुसी ऐतिहासिक घटनालाई अलग्याएर त्यसको वास्तविकता र सत्यतालाई बंग्याएर अर्कै गति दिन्छौं ।

ऐतिहासिक गतिशिलताको आधार खोजी गर्दा हामी त्यसको वास्तविकता र धरातलीय यथार्थलाई बिर्सन्छौं । हामीले व्यावहारिक नियम नै त्यस्तै बसालेका छौं । हामी असत्यतातर्फ बढी विश्वस्त हुन पुग्छौं । अनगिन्ती इच्छाबाट जन्मने मानव सभ्यताको गतिशीलता यसैगरी निरन्तर रूपमा चलिहेको छ । पूर्ण सत्यता पछाडि परेको छ भने अर्धसत्यता अगाडि बढेको छ । सत्यको हार कहिल्यै पनि हुँदैन भन्ने कुरोलाई हामीले जानेर बुझेर पनि अजानजस्तो नाटक गर्छाैं ।

गतिशिलताको गुण स्वतन्त्र रूपले बुझ्नु नै हाम्रो उद्देश्य हुनुपर्ने हो । अनगिन्ती मानिसहरूको आफूखुसी अलगअलग इतिहासले पाठकलाई दिगभ्रमित पार्छन् । इतिहासकार आलोचना र विवेचनाबाट इतिहासको निष्कर्षमा पुग्नु नै समाज र राष्ट्रको भलाइ हुनु हो । स्वतन्त्र र इमानदारिताका साथ यस्तो भइरहेको देखिँदैन । इतिहासकार जतिसुकै विद्धान होऊन्, जबसम्म उनीहरूले सत्य र तथ्यलाई बंग्याएर अलगअलग रूपमा लेख्दछन् तबसम्म आधारबिनाको त्यो इतिहासको कुनै मूल्य हुँदैन । त्यो त केबल सत्ताको चाकरी मात्र हुन्छ ।

जहाँबाट बाटो बिराएको हो त्यही ठाउँमा फर्किनु पश्चगमन होइन, लक्ष्य प्राप्तिको अग्रगमन हो

व्यक्ति, परिवार वा समाजका अन्य श्रेणीका वर्गहरू अर्को वर्गमा जाने गतिलाई सामाजिक गतिशिलता भनिन्छ । यसले सो व्यक्तिको सामाजिक अवस्थामा परिवर्तन ल्याउँछ । समाजशास्त्रीय मान्यताअनुसार यस गतिशिलताको तात्पर्य एक सामाजिक अवस्थाबाट अर्को उन्नत सामाजिक व्यवस्था प्राप्त गर्नु हो । प्रतिष्ठा प्राप्तिको गति हो । यही प्रतिष्ठा प्राप्तिको संघर्ष विगतदेखि वर्तमानसम्म हरेक तह र तप्काका मानिसबीच निरन्तर गतिमा छ । केही सफल भए, केही असफल । सफल ती भए जसले आफ्नो मूल्य, मान्यता, परम्परा र संस्कृतिलाई आत्मसात् गरेका थिए । देश, काल, भूगोल र परिस्थितिअनुरूप आफूलाई समयमै सुधार गरेका थिए ।

कतै जान लागिरहेको बटुवाका लागि ऊ पुग्ने स्थान उसको गन्तव्य हो । गन्तव्यको उद्देश्यले शरीरमा ऊर्जा प्रदान गर्छ र हिँड्ने शक्तिमा जोस ल्याउँछ । गन्तव्य स्थानमा पुगेपछि आनन्द लिने होइन । उद्देश्यअनुरूप, त्यसको उचित व्यवस्थापनको कार्ययोजना पनि उत्तिकै जरुरी हुन्छ । कार्ययोजना सफल पार्न दरिलो रणनीति आवश्यकता पर्छ । क्रमबद्ध रूपमा यसको कार्यान्वयन गर्नुपर्छ । अन्यथा हिउँको थुप्रोलाई क्षणभरमा पगाल्न नसकेजस्तै हुन्छ । हिउँ पग्लनका लागि एउटा निश्चित वायुमण्डलीय चाप र ताप चाहिन्छ । त्यो वायुमण्डलीय चाप र तापको संयोग नमिल्दासम्म जतिसुकै धेरै ताप बढाए पनि त्यो हिउँ पग्लदैन । बरु एकाएक जति धेरै तापक्रम बढायो त्यति नै त्यो बचेको हिउँको भाग उति नै धेरै ठोस बन्छ । यो वैज्ञानिक यथार्थताले राजनीतिमा पनि उत्तिकै महत्व राख्छ ।

१९०३ सालसम्म राष्ट्रिकीकरणको गति थियो । २००७ सालसम्म निरंकुश जहानिया शासन थियो । साथै, २०१७ सम्म संयुक्त र जनताका छोराको शासन थियो । २०४६ सालसम्म निर्दलीय पञ्चायतीतन्त्र चल्यो । त्यसपछि आजसम्म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र शासन छ । राजनीतिक यात्राको यो लामो काल खण्डमा जनताले छाक, बास, कपास र सास दिएनन् कि ? राजनीतिक स्थिरता होस् भनी पूर्ण बहुमत दिएनन् कि ? मिलीजुली सरकार बनाउने मत दिएनन् कि ? दुई तिहाइ मत दिएनन् कि ? जनताले सर्वस्व नै दिए । यति ठूलो त्याग र बलिदानबाट जनताले के पाए त ? जीवन धान्न बिदेसिन बाध्य हुनुप¥यो । बौद्धिक पलायन, परनिर्भर अर्थतन्त्र, सामाजिक विकृित, एकआपसमा अविश्वास, दल र नेताप्रति घृणा एवं निराशा बाहेक ?

तर, हामी परम्परावादीलाई महल प्राप्त भयो । पजेरो प्राप्त भयो । नुन र तेलसँग इमान बन्धकी राख्ने पुरानो रोग कायमै राख्दै देश र जनतालाई कंगाल बनाएर भए पनि चौधौं शताब्दीको जस्तो सामन्ती र विलासी जीवन प्राप्त भयो । यति विलासी जीवन त हामीले विकासको बाधक, सामन्त र निरंकुश भनिने राजतन्त्रले पनि बिताएको थिएन । इमानदारितापूर्वक विश्लेषण गर्ने हो भने पृथ्वीनारायण शाहपछि त्यही पश्चिमाको आडमा कोतपर्वमार्फत नेपालको उदाउँदो राजतन्त्रलाई खोपीमा नजरबन्द हुन बाध्य पारियो । राजा महेन्द्रले मात्र हो सक्रिय शासन गरेको । बाँकी राजनीति हाम्रो अगाडि प्रस्टै छ । राजाहरूबाट कमीकमजोरी नभएका होइनन् । तर, दलहरूजस्तो छद्मभेषी भएनन् । देश र जनताका लागि वंश विनाश हुन बाध्य भए तर विदेशी शक्तिको अगाडि घुँडा टेकेनन् । जनताको नासो जनतालाई नै हस्तान्तरण गरेर हाँस्दै दरबार त्यागे देश र जनताका लागि । हामी दलहरूमा खोइ त्यो राजनीतिक संस्कार र त्याग ?

आज मुटु मिचेर भन्नुपर्ने भयो कि हामी त्यही नासोलाई गिद्धले सिनुलाई झैं चिथोरेर खाइरहेका छौं । बाघको छालामा स्यालको रजाइँ जस्तै तमासा देखाइरहेका छौं । के यो दलीय राजनीतिक संस्कार हो ? हिजो र आजको विकासको तुलना गर्ने हो भने पनि हामी नै पछि छौं । हामीले गरेको विकास भनेको हिजोे आफंैले दुत्कारेका ती साम्राज्यवादी र विस्तारवादीलाई, आफ्नो सत्ताआरोहणको सारथी बनाउन रातो कार्पेटमा स्वागत गर्नु नै भयो । समाजवादको मकुन्डोमा दलालपुँजीवादको भरिया बन्नु नै भयो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र समाजवाद त देखाउने दाँत मात्र भए ।

यो लेखको उद्देश्य राजतन्त्रको वकालत गर्नु होइन । तर, नेपाली राजनीतिक इतिहासमा यदि सबैभन्दा बढी पीडित कोही भयो भने त्यो हो राजा र प्रजा । राणाहरूले पीडित बनाए । पञ्चहरूले पीडित र बदनाम बनाए । दलहरूको कीर्तिमानी कार्यहरू त हाम्रो सामु प्रस्ट नै छ । उनका पूर्वजले नेपाल एकीकरण गर्नु नै भुल थियो त ? उनले राज्य एक नबनाएको भए आज हामी कहाँ हुने थियौं ? वेद, पुराण र उपनिषद्हरूले दिएको हाम्रो पहिचान कहाँ हुने थियो ? संविधान सभाले संविधान बनाएपछि राजनीतिक स्थायित्व र विकासको बाढी नै आउँछ भन्ने गथ्र्याैं । तर, त्यही बाढीले आज हामीलाई बगाउन लागिरहेको छ ।

कार्ययोजना सफल पार्न दरिलो रणनीतिको आवश्यकता पर्छ

गति सार्वभौम छ । निरपेक्ष छ । नित्य छ । विचारले कहिलेकाँही गतिमा अवरोध पु¥याउन सक्छ । तर, यो स्थिरत्व, क्षणिक र सापेक्ष मात्र हो । विचारको गतिलाई मतिले निर्देशित गर्छ । मति दिग्भ्रमित हुँदा गति पनि दिगभ्रमति हुन जान्छ । नेपाली राजनीति पनि मतिबिनाको गतिमा छ भन्दा अन्यथा सोच्नुपर्ने कारण नै छैन । देवभूमि, ऋषिहरूको तपोभूमि, धर्म संस्कृतिको भूमि, सिता र बुद्धको भूमि । प्रकृतिकी धनी, आफ्नै जननीको सामथ्र्य र पहिचान बोध गर्न नसक्नु नै हाम्रो वैचारिक दरिद्रता भयो । यही दरिद्र मानसिकताले अग्रगामी छलाङ मार्दै पश्चिमा संसदीय वा साम्यवादी सिद्धान्तको चेला बन्न पुग्दाको कुफल हो वर्तमान राजनीति । मुक्तिकामी शहीद, घाइते र अपांगहरूलाई धोका दिएको प्रतिफल हो परधर्म (आफ्नो कर्म छाडेर अर्काको कर्म अपनाउने) पीडादायी हुन्छ । आज यसको बोध हुँदै छ ।

राज्य सञ्चालन नीति पूर्वीय दर्शनमा नै छ । यसलाई खोज्न हामी पश्चिम जानु नै भुल थियो । यो गतिशील दस्तावेज, देश, काल, भूगोल एवं त्यसको मूल्य र मान्यताका आधारमा निर्माण गर्दा मात्र दिगो हुन्छ । बाटो बिराएपछि लक्ष्यमा पुग्न सकिँदैन । समय बित्यो तर हाम्रो राजनीतिक गति दोलक जस्तै भयो । हाम्रा दुई छिमेकी कहाँ पुगिसके तर हामी आफ्नै आँगनमा नै थिचोरिएका छौं । जहाँबाट बाटो बिराएको हो त्यही ठाउँमा फर्किनु पश्चगमन होइन । लक्ष्य प्राप्तिको अग्रगमन हो ।

हामी केका लागि र कसका लागि मतिबिनाको राजनीति गरिरहेका छौं ? हामीले किन आत्मालोचना नगर्ने ? किन हामी आत्मालोचित हुन नपर्ने ? कर्तव्यबोध गर्न ढिलो भएन र ? यी र यस्ता प्रश्नहरूको सही जवाफ प्राप्त गर्नु नै हाम्रो आजको लक्ष्य हो । यसका लागि हामी सबै पछाडि फर्केर, चौतारोमा बसेर घनीभूत छलफल गर्नैपर्छ । अनि मात्र अघि बढ्न सक्छौं । लघुताभास र दासी मानसिकता त्यागेर खुला हृदयका साथ चौतारीमा बसौं । हामीमा जस्तोसुकै परिस्थितिसँग जुध्न सक्ने सामथ्र्य छ । नुन र तेलबिना पनि बाँच्न सक्ने शक्ति छ । फेरि किन हामी अलमलमा ?

गन्तव्यविहीन यो राजनीतिक यात्राले जनजनका मनमा दिन प्रतिदिन निराशा थप्दै गएको छ । एकदिन यो विस्फोट हुन्छ । यो प्राकृतिक नियम हो । यसले क्रान्ति, विद्रोह वा प्रतिक्रान्तिको रूप धारण गर्न सक्छ । राजनीतिमा कोही अजेय हुँदैन । प्रतिशोधको राजनीतिले जन्म लिन सक्छ । वर्तमान नेपाली राजनीतिले यस्तै संकेत गर्दै छ । यसलाई शुभ संकेत मानिँदैन । सोचांै । अझै समय छ । एक मुठी माटो छातीमा राखेर, चौतारोमा बसेर, सबैले नेपाल आमाबारे सोचौं । यो कर्मभूमिबारे सोचौं र मनैदेखि प्रण गरौं ‘जननी जन्मभूमिश्च स्वगादपि गरीयसी ।’

(Visited 139 times, 3 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

साताका लोकप्रिय समाचार

सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका...

मन्दिरको सुन चोरेको अभियोगमा सुन चाँदी व्यवसायी संघका अध्यक्षसहित सात जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

ट्रेन्डिङ

बेड र अक्सिजन सहज हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको कहरसँगै बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)