Monday, August 2, 2021
HomeEditor-Picksद्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

भक्तबहादुर शाही,
sharethis

 

दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन् । श्रीमानकाे मायाका कारण उनले दुःखमा पनि खुसी देखेकी थिइन् ।

छोराछोरी ठूला भएपछि जीवन अझ बढी उल्लासमय हुन्छ भन्ने उनको सोचाइ थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? दैवको लीला नै भनौं, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोसे । श्रीमानकाे मृत्युपछि दुःखजिलो गरेर, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन् । छोराछोरीकै मायाले बाँधेकै कारण उनले जवानीमै पति वियोगमा परे पनि अर्को विवाह गरिनन् । २०५६ सालमा छोरा अमरको विवाह गरिदिइन् । उनीहरूबाट एक नातिनीको जन्म भयो । उनले यसलाई ठूलो खुसीका रूपमा लिइन् ।

त्यसबेला माओवादी ‘जनयुद्ध’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीलाई माओवादीले अपहरण गरेर लगेको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ नन्दकलीलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाइन् । एक महिना जिल्ला सदरमुकाम बसेका अमर घर फर्किए । घरमा गएको मौकामा अमरबहादुरलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरे । ‘म घरको भुइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछ,’ नन्दकलीले सम्झिइन् ।

एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन । छोराको हत्यापछि बुहारीले अर्को विवाह गरेपछि नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो । तर, अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।

छोरालाई घर ल्याउन भन्दै नन्दकलीले ८ हजार रुपैयाँमा गोरु बेचिन् । छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन् । माओवादीको स्थानीय नेतृत्वबाट एक/दुई दिनपछि छोड्ने आश्वासन पाइन् । छोरा आउने आशमा रहेकी नन्दकली धेरै दिन भोकै बसिन् । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन् । उनको मनको इच्छा न देवीदेवताले बुझे न त माओवादीले । अपहरण भएको एक महिनापछि साबिकको रानीवन गाविसमा २०५९ मा माओवादीले अमरबहादुरको हत्या गरे ।

तत्कालीन समयमा द्धारी, बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसँग मरेको छोरा सझिनुको विकल्प रहेन ।

एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग कुनै विकल्प थिएन जसरी पनि बाँच्नुबाहेक । छोराको हत्यापछि बुहारीले अर्को विवाह गरिन् । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन् । बुहारी गए पनि नातिनीलाई उनले आफैंसँग राखिन् । अहिले उनको हेरचाह नातिनीले गर्दै आएकी छन् ।

नातिनीलाई विवाहपछि आफ्नै घरमा बोलाएकी नन्दकलीको हेरचाह अहिले नातिनीले गर्दै आएकी छन् । अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । मुटु दुख्ने, मधुमेहसमेतको बिरामी छन् । पैसा नहुँदा घरमै रोग पालेर बसेकी छन् ।

अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । वनमा न्याउली चरो कराउँदा पनि उनलाई छोराकै सम्झनाले सताउने गरेको छ । ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु,’ उनले भनिन् । जीवनमा दुःखै दुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू नारीले पिडा भोग्नु नपरोस् ।’

(Visited 243 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

साताका लोकप्रिय समाचार

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

  काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई...

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् ।...

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल...

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो...

ट्रेन्डिङ

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

पेरिस । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमै भिडन्त भयो । खेलाडीहरु नै एकापसमा भिड्दा खेल...

घुम्थाङ गाउँ : तंग्रिने तरखरमा

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कबाट आएको पहिरोमा पुरिएका ३१ मध्ये १४ जनाको शब फेला परेको छ । १७ अझै बेपत्ता छन् । बेपत्ता...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)