Monday, August 2, 2021
HomeBreaking Newsमनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

महेश्वर गौतम,
sharethis

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

पहिरोको पूर्वसूचना यसै वर्षदेखि

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।

पहिरोको जोखिमका जिल्लाहरू: दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोरखा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायत

डुबान जोखिम जिल्ला: कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायत

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले यस वर्ष पहिरोको पूर्वानुमान ‘प्रभावमा आधारित पूर्वसूचना प्रणाली’ सुरु गरिएको जानकारी दिए । यो प्रणालीबाट पहिरोबाट हुने मानवीय क्षति कम गर्न सकिने पोखरेलले बताए ।

‘विगतमा हामीले बाढीको मात्र पूर्वानुमान गर्ने गरेका थियौं, यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणालीमा हामी छौं, यसले मानवीय क्षति कम गर्न सक्ने अपेक्षा छ, यो प्रणाली पहिरोको अति जोखिम रहेका नौ जिल्लामा प्रयोग गरिनेछ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले राजधानीसँग भने ।

यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुनकुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने भन्नेबारे प्राधिकरणले यकिन गर्न सक्छ । त्यसपछि प्राधिकरणले देशभरका सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने गर्छ । यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

प्राधिकरणले यसै गरेर नै बाढीको पूर्वानुमान गर्दै आएको छ भने यो प्रणालीबाट सूचना दिने संयन्त्रको विकास गरेसँगै बाढीबाट हुन सक्ने जनधनको क्षतिसमेत कम हुँदै आएको छ ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

साताका लोकप्रिय समाचार

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

साउदीमा उँटसंग गाडी ठोक्किँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१...

ट्रेन्डिङ

पाँचौ पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा

  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा...

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोना । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रायो भालेकानोमाथि २–१ को पुनरागमन जीत निकाल्दै बार्सिलोनाले अन्तिम आठमा स्थान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)