Monday, August 2, 2021
Homeबिचारअबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा

अबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा

राजधानी समाचारदाता,
sharethis

कोरोना महामारी संक्रमणको दोस्रो लहर तीव्रतामा अघि बढिरहँदा यसको तेस्रो लहर आउने सम्भावनालाई सम्बन्धित सबै पक्षले निकै गम्भीरताका साथ लिएका छन् । बालबालिका बाहेक अन्य उमेर समूहका व्यक्तिमा महामारीको संक्रमण बढी देखिए पनि सम्भावित तेस्रो लहरले बालबालिकालाई अप्ठ्यारोमा पार्ने देखिन्छ । हरेक परिवारमा वृद्ध तथा युवाभन्दा बालबालिकाको संख्या बढी हुने गरेको छ । यो स्वाभाविक पनि हो । तर, हरेक परिवारमा रहेको यही ठूलो संख्यालाई महामारीको तेस्रो लहरले आक्रमण गरेमा यसले ठूलो धनजनको क्षति पु¥याउने देखिन्छ । साथै उमेर समूहको हिसाबले जनसंख्याको ठूलो हिस्सामा संक्रमण फैलिएमा यसको रोकथाम जटिल मात्र होइन असम्भव प्रायः हुन जाने देखिन्छ । त्यसैले, महामारी संक्रमणको तेस्रो लहर आउनुपूर्व यसको रोकथामका लागि गरिनुपर्ने तयारी समयमै गरिनु आवश्यक हुन गएको छ । यदि, महामारीको पहिलो लहर छँदा दोस्रो लहरको रोकथामका लागि केही पूर्वतयारी गर्न सकिन्थ्यो भने त्यसले आज भइरहेको अनपेक्षित क्षतिलाई धेरै कम गर्ने थियो । तर, त्यो तयारी समयअगावै गर्न सकिएन । यसले, अहिले ठूलो क्षति बेहोर्ने अवस्थामा पु¥यायो ।

विगतबाट पाठ सिक्ने, वर्तमानमा लागू गर्ने र भविष्यका लागि सतर्क रहने तथा सम्भावित चुनौतीको सामना गर्नुपूर्व तयारी गर्ने काम सबैभन्दा बुद्धिमतापूर्ण हुनेछ । यसको अर्थ योबीचमा केही पनि गर्न सकिएन भन्ने होइन । तर, हाम्रा पूर्वतयारीहरू अपूरा मात्र रहेनन् । अपर्याप्त पनि रहे । यस कारणले हामीहरूले वर्तमानको संकटपूर्ण अवस्था झेल्नुपरिरहेको छ । हुन त महामारी आफैंमा विश्वव्यापी रूपमा फैलिएर आउने र आपैंmसँगै दर्जनौं अन्य चुनौती लिएर आउने गर्छ । यसको असर संसारभर सबै देशले भोगिरहेका छन् । तर, समस्या आइपरेमा यसको न्यूनीकरणका लागि गरिनुपर्ने आवश्य तयारी हुन सकेनन् भन्ने जनगुनासो र सम्बन्धित पक्षको महसुस आफंै यसको उदाहरण हो । महामारी आउँदा दसौं वर्षको विपत्ति लिएर आउँछ । यस अघिका प्लेग, खो¥यात, एलो भाइरस तथा हैजा विफरजस्ता महामारीले संसारमा दशकौंसम्म महामारी निम्त्याएका र त्यसपछि पनि निरन्तर रहिरहेका देखिन्छन् । हालको कोरोना भाइरस महामारी अबका दशकौंसम्म रहिरहने र यसले हरेक समयकमा आफ्नो स्वरूप परिवर्तन गरिरहने र संक्रमण जारी राखिरहने संकेत देखाइराखेको छ ।

कोरोना महामारीको पछिल्लो समयमा देखिएको भेरियन्ट निकै डरलाग्दो हुने र यसले बालस्वास्थ्यमा हानि गर्ने पूर्वआँकलन स्वास्थ्य विषेशज्ञले गरिरहेका छन् । तेस्रो लहरका रूपमा फैलन सक्ने यो महामारीको रोकथामका लागि नेपालले आफ्नो दक्षअनुसार तयारी गर्नेपर्छ । जनसंख्याको ठूलो हिस्सा रहेको बालबालिका यदि कोरोना महामारीको तेस्रो लहरको सिकार भए भने यसले ठूलो समस्या निम्त्याउनेछ । वर्तमानमा यसले असर त पार्ने नै छ । भविष्यमा पनि ठूलो क्षति पु¥याउनेछ । बालबालिका भविष्यका कर्णाधार हुन् । नयाँ पुस्ता हुन् । स्वयंमा भविष्य नै हुन् । वर्तमानका सबै कुरा भविष्यमा समर्पित हुने भएकाले अब आउने महामारीको सम्भावित संक्रमणलाई मध्यनजर गरेर बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि निकै चनाखो भएर पूर्वतयारी गर्न लागि पर्नैपर्छ ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

साताका लोकप्रिय समाचार

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका...

मन्दिरको सुन चोरेको अभियोगमा सुन चाँदी व्यवसायी संघका अध्यक्षसहित सात जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ...

ट्रेन्डिङ

प्रदेश १ बाट एकै दिन ७० जना काेराेना जितेर घर फर्के

मोरङ । प्रदेश १ बाट विहिबार एकै दिन ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको काेभिड १९ अाईसाेलेसन सेन्टरमा...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)