Tuesday, August 3, 2021
HomeNot-to-be-missedयुरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

राजधानी समाचारदाता,
sharethis

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित ग-यो ।

विश्व विजेता फ्रान्सलाई जर्मनीविरुद्धको खेलमा भाग्यले साथ दियो । जर्मन खेलाडी म्याट्स ह्युमल्सले २० औं मिनेटमा गरेको आत्माघाति गोल निर्णायक बन्यो । यो पराजय जर्मनीका लागि महँगो हुनसक्ने विश्लेषण गरिएको छ । अब जर्मनीले सावित बिजेता पोर्चुगल र हंगेरीसँग खेल्नुपर्नेछ ।

हंगेरीको बुडापेष्टमा भएको पहिलो खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल र राफेल गुरेरोले एक गोल थपे । यो खेलसँगै रोनाल्डोले युरोकपमा थप दुई वटा किर्तीमान आफ्नो नाममा राखेका छन् ।

रोनाल्डोले हिजोको खेल सुरु हुनेवित्तिकै सर्वाधिक ५० पटक युरोकप खेल्ने किर्तीमान बनाएका हुन् । खेलमा दुई गोल गरेपछि रोनाल्डोले युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तीमान पनि आफ्नो नाममा राखेका छन् ।यसअघि फ्रान्सका मिचेल प्लाटिनी र रोनाल्डोको नाममा ९ गोलको संयुक्त किर्तीमान थियो ।

रोनाल्डोको दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।

गएरातिको जितपछि पोर्चुगलले समुहमा अग्रता लिंदा समान ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु सकिएका छन् । आजबाट दोस्रो चरणका खेलहरु हुनेछन् । दोस्रो चरणको पहिलो खेलमा आज समुह ‘बि’ का दुई टोली फिनल्याण्ड र रुस भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे रुसको सेन्ट पिट्सवर्गमा हुनेछ । वेलुकी पौने १० बजे अजरबैजानको बाकुमा टर्कीले वेल्सको सामना गर्दा राती पौने १ बजे रोममा इटालीले स्विटजरल्याण्डसँग खेल्नेछ ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

साताका लोकप्रिय समाचार

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन्...

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

  काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त...

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

  सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

ट्रेन्डिङ

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा...

स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोना महामारीको चाप ह्वात्तै बढेसँगै संक्रमितलाई औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन गएको छ । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)