Tuesday, August 3, 2021
HomeBreaking Newsबाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । यसैगरी पाल्पा, कास्की, बाजुरा र डोटीमा एक एक जना गरी ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको बताए । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी पहिरोमा परी जाजरकोटमा पनि ७ जना बेपत्ता भएको नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

सिन्धुपाल्चोक र जाजरकोटमा गरेर बेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा एक एक जना बेपत्ता भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी बाढी तथा पहिरोमा परेर ८ जना घाइते भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्राप्त विवरण अनुसार बाढीका कारण देशभरमा १ सय ६५ घर डुबानमा परेका छन् ।

यसै गरेर ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ । अविरल वर्षाका कारण दुई दिनको अवधिमा देशभर ३३ जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् ।

दर्जनौं ठाउँमा सडक अवरुद्ध
निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँका सडक र पुलमा क्षति पु¥याएको छ । सडक विभागका अनुसार पुष्पलाल राजमार्ग, पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग आदिका विभिन्न ठाउँमा क्षति पु-याएको छ ।

बाढी र पहिरोका कारण बागलुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गमा सडक अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको पाँचखाल मेलम्ची टिम्बु सडकखण्डस्थित मेलम्चीमा अवरुद्ध हुन पुगेको छ । यस्तै, पाल्पास्थित तानसेन–रिडी– कोरला सडकखण्डको ढुंगााखानेमा पनि अवरुद्ध भएको छ ।

बाजुरास्थित साँफेवगर–मार्तडी–कोल्टी सडकको हड्डे खोला, रिला र वलेना सिद्धार्थ राजमार्गको पाल्पास्थित गौडेपुल कालिमाटी सिसुवामा पनि सडक अवरुद्ध भएको छ । मनाङको डुम्रे–बेहीसहर–चामेस्थित तिमाङ छहरा र बाजुरास्थित साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड, बल्देमा पनि सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गस्थित पाल्पाको पिपलडाँडामा भने बुधबारसाँझसम्म एकतर्फी सवारी साधन सुचारु भएको छ । कर्णाली राजमार्गको दैलेखस्थित बांगेसिमल, कालाखाला सडकखण्ड, कालाखाला सेन सकडखण्ड र दराबरे र बोटखालामा पनि एकतर्फी सवारी सुरु भएको छ ।

बैतडीस्थित खोड्पे–चैनपुरको ढोल्यामोड पनि बुधबारसाँझदेखि एकतर्फी सुरु भएको छ । अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको डमसाइटमा पनि एकतर्फी रूपमा सुरु भएको छ भने राप्ती राजमार्गस्थित सल्यानको कपुरकोट र कालिकोटस्थित बालीघाट, धनाडा, भिग्म सडकमा पनि एकतर्फी रूपमा सवारीसाधन सुचारु भएको छ ।

सडक विभागले पूर्वपश्चिम राजमार्गस्थित नवलपुरको थुम्सी र खोड्पे चैनपुर (बझाङ)स्थित दुम्री खोाल र कचालीमा पनि एकतर्फी सवारी सुचारु भएको छ । सडक विभागले धादिङको जोगीमारा, पूर्वपश्चिम राजमार्गस्थित नवलपुरको गैंडाकोट, धुम्सी, राप्ती राजमार्गस्थित सल्यानको संखमुलको भने दुवैतर्फी सवारी साधन सुचारु गरिएको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

साताका लोकप्रिय समाचार

कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् । यसै...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

ट्रेन्डिङ

ङातापोल ३२० वर्षमा

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) मन्दिर आइतबार ३१९ वर्ष पूरा भएर ३२० वर्षमा प्रवेश गरेको छ । असार शुक्ल प्रतिपदामा निर्माण...

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)