बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९ वटै स्थानिय तहका १ सय १६ बढी गाँउ बाढी पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला बिपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाएको छ ।

अहिले ति सबै गाउँ लगातारको बर्षाले पहिरोको उच्च जोखिममा रहेको र कतिपय गाउँ अन्य ठाँउमा स्थान्तरण गरिनु पर्ने जनाएको छ । ति गाँउहरु सधैको बर्षातमा जोखिम हुने गरेको र केही परिवार पूर्ण रुपमा विस्थापित हुने भएकाले ति गाँउका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनु पर्ने स्थानियले वताएका छन् ।

त्रिबेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको र ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको १, विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटका २ सय ७२ घरधुरी, वडा नं ४ को पीपलसैन राउतेला का १ सय ५७ घरधुरी, वडा ५ को किम्नी २ सय १७ घरधुरीलगायतका परिवार जोखिममा रहेका छन् । बुढिगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जनाईएको छ ।

खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिकाका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् । त्यस्तै बुढिनन्दा नगरपालिकामा १० गाँउ जोखिममा छन् । नगरपालिकाका पिपलडाली, साउने गाँउ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी वजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक गाँउपालिका ९ गाँउ जोखिममा रहेका छन् । गाँउपालिका वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले वताएका छन् । हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।

बडिमालिका नगरपालिका १५ गाँउ उच्च जोखिममा रहेका छन् । तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्, । त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन् । गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।

गैर सरकारी महासंघ बाजुराका सचिब कृष्ण अधिकारीले भने जिल्लाका धेरै परियार उच्च जोखिममा भएपनि सरकारले बस्ती स्तान्तरण गर्न कुनै पहल नगरेको बताएका छन् । बर्षातमा अधिकांश परिवार घर छोडेन गरेको उनले बताएका छन् । गाँउ गाँउमा डोजर मार्फत सडक खन्दा पनि उच्च जोखिममा बनेका छन् । जोखिममा रहेका अधिकांश परिवार त्रासित वातावरणमा बसिरहेका छन् । साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने विपत तयारी ब्यवस्थापनका लागि स्थानिय सरकार र सरोकारवाला निकाय सँग समन्वय भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 464 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जिरी नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी