युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट बेल्जियम र समूह ‘सी’ बाट नेदरल्यान्ड नकटआउट चरणमा प्रवेश गरेका हुन् । गएराति भएको खेलमा बेल्जियमले डेनमार्क २–१ र नेदरल्यान्डले अष्ट्रियालाई २–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् । दुवै टोली एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अष्ट्रियाविरुद्धको खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन मेम्फेस डिपे र डेन्जेल डम्फ्रेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ ले हरायो । जितसँगै युक्रनेले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा उत्तरी मेसेडोनियाको यात्रा समूह चरणमै टुंगिने निश्चित भएको छ ।

उता समुह ‘बी’ को खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।डेनमार्ककको कोपन हेगेनमा गएराति भएको खेलमा घरेलु टोलीका योसुफ पौल्सेनले दोस्रो मिनेटमै एक गोल गरे । तर दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्ड र केभिन डे ब्रायनले एक एक गोल गर्दै बेल्जियमलाई विजयी गराए ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे आयरल्याण्डको डब्लिनमा हुने खेलमा स्विडेन र स्लोभाकिया भिड्नेछन् । बेलुकी पौने १० बजे स्कटल्याण्डको ग्लास्गोमा क्रोएसियाले चेक रिपब्लिकसँग खेल्दा राति पौने १ बजे लण्डनमा हुने खेलमा इंग्ल्याण्डले स्कटल्याण्डको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३