Tuesday, August 3, 2021
HomeBreaking Newsढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

ढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

निराजन पौडेल,
sharethis

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासीसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने घोषणा गरेको थियो । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजू, अतिस कार्की र विक्रम नगरकोटीले छुट्टाछुट्टै रिट दायर गरेका थिए । सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णयले देशको चुरे क्षेत्र चरम संकटमा पर्ने र वातावरण विनास हुन सक्ने भन्दै वातावरणविद्ले सरकारले सो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आइरहेका छन् ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ व्यवस्था गरिएको छ ।

सर्वोच्चको सो अन्तरिम आदेशमा नेपालको संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था गरिएको सम्बन्धमा सरकारी पक्षको गम्भीर ध्यानाकृष्ट गराइएको छ ।

त्यसैगरी, संविधानको धार ५१ (छ) मा प्राकृतिक साधन स्रोतको संरक्षण, संवद्र्धन र उपयोगसम्बन्धी नीतिसमेत उल्लेख भएको स्मरण सर्वोच्चले गराएको छ । राष्ट्रको प्राकृतिक स्रोतको उपयोगमा अन्तरपुस्ता समन्वयलाई र वातावरणीय अनुकूलतालाई महत्वका साथ हेरिनुपर्ने ठहरसमेत अन्तरिम आदेशमा गरिएको छ । सर्वोच्चले यस्ता निर्णय गर्दा राष्ट्रिय हित अनुकूलसमेत हुनुपर्ने भन्दै सरकारलाई स्मरण गराएको छ ।

दूरगामी असर पार्ने प्राकृतिक स्रोत साधनजस्तो दीर्घकालीन महत्वको विषयमा अध्यादेशबाट सो कार्य गरिँदा विधायिकाको अधिकार र प्रभावकारितामा हस्तक्षेप हुन जाने सन्दर्भ तथा सुविधा सन्तुलनका दृष्टिले समेत सो निर्णाय तत्काल कार्यान्वयन गर्न उपयुक्त नहुने भन्दै सर्वोच्चले अन्तरिम आदेशमार्फत ढुंगा, गिटी बालुवा निकासीसम्बन्धी निर्णयमा रोक लगाएको हो ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी...

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

ट्रेन्डिङ

भारतबाट आएका थिए गुल्मीका कोरोना संक्रमित

गुल्मी । गुल्मीका कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० का २६ बर्षिया पुरुषमा कोरोना पुष्टि गरेको...

आन्तरिक उडान खुलाउने तयारी, घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)